धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

गाउपालिका राष्ट्रिय महासंघको सुदुरपश्चिम प्रदेश अधिवेशन बौनियामा हुदै

गाउपालिका  राष्ट्रिय महासंघको सुदुरपश्चिम प्रदेश अधिवेशन बौनियामा हुदै

धनगढी गाउपालिका राष्ट्रिय महासंघ नेपालको सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशन कैलालीको बौनियामा चैत गते आयोजान हुदैछ बर्दगोरिया गाउपालिकाको आतिथ्यतामा  हुन लागेको अधिवेशनले महासंघको नया प्रदेश कार्यसमितिको चयन गर्नेछ

आतिथ्य गाउपालिका बर्दगोरियाका अध्यक्ष कर्ण कुवरले अधिवेशनले गाउपालिकाहरुका बीचमा भेटघाट अन्तरक्रिया हुने बताए पालिकाहरुले कसरी काम गरिरहेका छन् भन्ने अनुभव पनि आदानप्रदान हुन्छ अध्यक्ष कुवरले भने पालिकाहरुले भोगिरहेका साझा मुद्धामा पनि छलफल भएर साझा धारणा पनि निर्माण हुनेछ  

 गाउपालिका महासंघका सुदुरपश्चिम प्रदेश समन्वय अधिकृत नवराज उपाध्यायका अनुसार अधिवेशनमा प्रदेशका ५४ गाउपालिकाका अध्यक्ष उपाध्यक्ष, बर्तमान कार्यसमिति सहित शय २० जनाको सहभागिता रहनेछ