धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

जातीय विभेद उन्मुलन दिवस सरकारले मनाउनु पर्नेमा जोड

जातीय विभेद उन्मुलन दिवस सरकारले मनाउनु पर्नेमा जोड

धनगढी सरकारले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस आफ्नो स्वामित्वमा नमनाएको भन्दै सरोकारवाला निकायले आपत्ती जनाएका छन्

५८औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आयोजित दलित अधिकार कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अन्य दिवसलाई सरकारकै स्वामित्वमा मनाइने गरिएकोमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाउन सरकारले आनाकानी गरेको भन्दै गुनासो राखेका छन्

मिसन अम्बेडकरका अध्यक्ष मनोज जैगढीले उनले अन्य विभिन्न दिवसलाई सरकारले आफ्नो स्वामित्वमा मनाउने गरेको भएपनि जातीय विभेद दिवसलाई हाल सम्म स्वामित्वमा समेत लग्न नसकेको आरोप लगाए श्रमिक दिवस, महिला दिवस जस्ता धेरै दिवस सरकारले धुमधामका साथ मनाउने गर्दछ, जैगढीले भने, ‘तर जातीय विभेद उन्मुलन दिवस अहिले सम्म सरकारी निकायबाट मनाएको देखिएको छैन, यसबाट थाहा हन्छकी सरकार जातीय छुवाछुत अन्त्य गर्न चाहदैन, संघ संस्थाको दवावमा ऐन कानून बनाएपनि ती ऐन, कानून कार्यान्वयन गर्न तर्फ ध्यान दिंदैन

जातीय विभेद विरुद्ध उजुरी दिंदा प्रहरीले समेत उजुरी नलिने गरेको उनको आरोप सामान्य अवस्थामा प्रहरीले जातीय विभेद विरुद्धको उजुरीनै लग्न मान्दैन, उनले भने, ‘दवावमा उजुरी लगिहालेपनि मुद्धामा तोडमोड गरेर मात्रै उजुरी दर्ता गर्ने गरेको , उजुरीनै बंङ्ग्याएपछि ऐन, कानून बनाएको के काम ?

नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य देव बहनदुर विकले जातीय विभेद विरुद्धको दिवस सरकारले नमनाएको प्रति आपत्ती जनाए जहिलै जातीय विभेद विरुद्धको दिवसर संघ संस्थाले मात्रै मनाउने गरेका छन्, उनले भने, ‘हाल सम्म सरकारले यो दिवस मनाएको मैले देखेको छैन, अन्य दिवस आफै मनाउने सरकारले जातीय विभेद विरुद्धको दिवस नमनाएर सरकारनै विभेदमा संलग्न रहेको अनुभुति दिलाएको , दलितका लागि यो भन्दा दुःखद कुरा केही हुन सक्दैन

उनले चुनावका वेला सवै उम्मेदवारले जातीय विभेद अन्त्य गर्ने एजेण्डा ल्याउने गरेकोमा चुनाव जितिसकेपछि भने कोही पनि यस विषयमा नबोल्ने गरेको बताए अहिले जातीय छुवाछुत सम्बन्धी मुद्धानै दर्ता हुदैनन्, उनले भने, ‘मुद्धा दर्ता भइहालेपनि दलहरुको त्यसमा कुनै धारणा आउँदैन, त्यसैले नेपालका सवै राजनीतिक दलहरुपनि विभेद अन्त्यका लागि प्रतिबद्ध छैनन् भन्ने स्पष्ट हुनथालेको

दलित मक्ति राष्ट्रिय अभियानका केन्द्रीकेन्द्रिय अध्यक्ष प्रेम विसिले जातिय छुवाछुत मक्त गर्ने घोषणा भएको लामो समय वितिसकेको भएपनि विभेद कायमै रहेको बताए

उनले दलित समुदाय किन विभेदमा परेका छन्, यसको अन्त्यका लागि के गर्ने, अहिले सम्मका प्रयास किन सफल भएनन्, भन्ने बारेमा समिक्षा हुनु जरुरी रहेको बताए

वडालाई जातीय विभेद मुक्त बनाउन पहल गर्ने प्रतिबद्धता

कैलालीको गोदावरी नगरपालिकावडा नम्बर का वडा अध्यक्षहरुले आगामी बर्ष सम्म वडालाई जातीय विभेद मुक्त वडा बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्

फेडोले गठन गरेको वडा स्तरिय सञ्जालको सहकार्यमा वडा कार्यालयले आयोजना गरेको अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा दुई वडा अध्यहरुले सके वडालाईनै विभेदमुक्त वडा घोषणा गर्ने नसके कुनै एउटा टोललाई भएपनि विभेद मुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन्

हामी सके वडालाईनै जातीय विभेद मुक्त बनाउने गरी काम गर्नेछौं, गोदावरी नगरपालिका का वडा अध्यक्ष गोविन्द चौधरीले भने, ‘नभए कुनै एउटा टोललाई नमूनाका रुपमा जातीय विभेद मुक्त क्षेत्र घोषणा गर्ने छौं, त्यसका लागि फेडोको सहयोग हुन जरुरी

वडा नम्बर की अध्यक्ष दुर्गा साउँदले पनि सरोकारवाला संघ संस्थाको सहयोगमा आगामी बर्ष सम्म वडा वा वडा भित्रको कुनै गाउँलाई भएपनि जातीय छुवाछुत मुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाइन्

वर्दगोरियाका महिलालाई अभिमुखिकरण

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर मा ५८औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा अभिमुखकिरण कार्यक्रमको आयोजना गरिएको

फेडो कैलालीको आयोजनामा भएको कार्यक्रममा स्थानीय महिलालाई जातीय विभेद अन्त्यका लागि बनेका कानूनको अवस्था, न्यायीक प्रक्रियाको अवस्था, मैलिक हक सम्बन्धी जानकारी गराइएको थियो