धनगढी पोष्ट
मङ्गलबार, १४ चैत २०७९ मा प्रकाशित
धनगढी । नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहना अनुसार आगामी कदम चाल्ने बताएका छन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीकाट किनारा लागाएको अवस्थामा जनताको चाहना अनुसार अघि बढ्ने बताउदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसै अनुसार अघि बढ्न सकिने बताए ।
‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन,’ रावलले भने, ‘तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिदैछ, अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’
उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए । एमाले अध्यक्ष केपि ओली संग ८औं महाधिवेसनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जीतेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने, ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अव ।’