धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ बनिन् भुमि व्यवस्था मन्त्री

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ बनिन् भुमि व्यवस्था मन्त्री

धनगढी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भुमि व्यवस्था मन्त्रीमा नियुक्त भएकिछन्

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा उनलाई भुमि व्यवस्था मन्त्रीको जिम्मेवारी सहति सरकारमा सहभागि गराइएको हो उनले शुक्रबार नै पद तथा गोपनियताको सपथ लगेर पदभार ग्रहण समेत गरेकिछन्

राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन्

यसैगरी नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनेका छन् मन्त्री बनेसँगै उनले पदभार ग्रहण गरेका छन्

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्

जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन् लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्

यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन्