धनगढी पोष्ट
शुक्रबार, १७ चैत २०७९ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले आगामी जेठ ५ गते कैलारी गाउँपालिकाकाको हसुलियमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित फलेबिसौनामा बसेको १०औं बैठकले हसुलियमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको कांग्रेस कैलाली जिल्ला कार्यसमितिका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले बताए ।
उनका अनुसार हुसुलियमा हुने जिल्ला सम्मेलन १४औं जिल्ला अधिवेसनबाट निर्वाचित कार्यसमितिको पहिलो सम्मेलन हुने छ ।
जिल्ला सममेलन अघि कांग्रेसले वडा स्तरिय, पालिका स्तरिय, प्रदेश निर्वाचन क्षत्र र संघिय निर्वाचन क्षेत्र स्तरिय सम्मेलन गर्ने छ ।
प्रचार–प्रशार विभाग प्रमुख भुषालका अनुसार वडा सम्मेलन बैशाख ५ गते देखि १० सम्म गर्ने, बैशाख १२ गते देखि १५ गते सम्म पालिका सम्मेलन गर्ने, बेशाख १७ गते देखि २० गते सम्म प्रदेश निर्वाचन क्षेत्र स्तरिय सम्मेलन गर्ने र बैशाख २२ गते देखि २५ गते सम्म संघिय निर्वाचन क्षेत्रको सम्मेलन गरिने छ ।
सम्मेलन अघि कांग्रेसबाट निर्वाचत स्थानीय तहका जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने निर्णय भएको भुषालले बताए ।
सम्मेलन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले कैलाली जिल्ला उप सभापति खेमराज डगौंरा थारुको संयोजकत्वमा समिति गठन गरेको छ ।
यसैगरी शुक्रबारको १०औं जिल्ला कमिटि बैठकले पार्टीको अहिले सम्मका क्रियाकलाप समेटेर संगठानिक दस्तावेजिकरण पुस्तक प्रकासन गर्ने निर्णय गरेको प्रचार–प्रसार विभाग प्रमुख भुषालले बताए । सो दस्तावेजिकरण पुस्तक प्रकाशनका लागि कैलाली जिल्ला सचिव केशव मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकले बैशाख ११ गते पर्ने लोकतन्त्र दिवस कैलालीका ५ वटै संघिय निर्वाचन क्षेत्रमा मनाउने निर्णय समेत गरेको छ ।
प्रचार–प्रसार विभाग प्रमुख भुषालका अनुसार धनगढी स्थित कांग्रेस कैलाली जिल्ला कार्यसमितिको कार्यालय र नेपाल पत्रकार महाँसंघ कैलाली शाखा कार्यालयको विचमा रहेको खाली जग्गामा विपि स्मृत बगैचा पुस्तकालय निर्माण गर्ने निर्णय समेत गरेको छ ।