धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

किसानका मुद्धाका विषयमा पूर्व सभासद् विष्टले बुझाए मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

किसानका मुद्धाका विषयमा पूर्व सभासद् विष्टले बुझाए मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

कैलाली

    नेपाली कांग्रेसका पूर्व सभासद् दिवान सिह विष्टले किसानका समस्या समाधान गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन बुझाएका छन् पूर्व सभासद् विष्टले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनमा पूर्व पश्चिम रेलमार्ग दक्षिणी क्षेत्रको पुनर्वास, बेलौरी हुँदै दोधारा चाँदनीसम्म पुगाउनका लागि पहल गर्न माग गरिएको छ।

   मुख्यमन्त्रीलाई बुझाएको १५ बुँदे मागपत्रमा सांसद विष्टले धान बाली उखु बालीमा रासायनिक मलको सहज उपलव्ध हुनुपर्ने, बैशाख (बेलौरी) कलुवापुर सडकको निर्माण कार्य पूरा गर्नुपर्ने लगायतका माग राखिएका छन्

  कञ्चनपुरको उत्पादकत्व क्षमता भएको जिल्लाको दक्षिणी क्षेत्रका पुनर्वास, बेलौरी, बेल्डाँडी लालझाडीलाई उखु, धान खेती, केरा खेती माछा पालन पकेट क्षेत्र घोषणा गर्न समेत माग गरिएको छ।