धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

लेखा परिक्षक तथा चाटर्ड एकाउन्टेन्टलाई सम्पति शुद्धिकरण निवारण तालिम

लेखा परिक्षक तथा चाटर्ड एकाउन्टेन्टलाई सम्पति शुद्धिकरण निवारण तालिम

धनगढी । सुदूरपश्चिममा रहेका लेखा परिक्षक तथा चाटर्ड एकाउन्टेन्टलाई सम्पति शुद्धिकरण निवारण तथा आतङ्कबाद एवं वित्तिय कारोवार नियन्त्रण सम्बन्धि एक दिने तालिम कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय धनगढीको आयोजनामा सञ्चालन भएको तालिममा सुदूरपश्चिमका सवै क्षेत्रबाट लेखा परिक्षक तथा चाटर्ड एकाउन्टेन्टको सहभागिता रहेको थियो । 
तालिममा ग्राहकको सम्पति शुद्दिकरण तथा वित्तिय कारोवारहरू कसरी पारदर्शि बनाउने, ग्राहक पहिचान विवरण कसरी बनाउने तथा वित्तिय कारोवारहरूमा आतंकवाद क्रियाकलापको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको  नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय धनगढीका शाखा प्रमुख जेभि भोटियाले बताए । तालिममा ४० जना सहभागि रहेका थिए ।
तालिममा नेपाल राष्टबैंकका उप निर्देशक सिए अस्मिता गोर्खाली तथा नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था धनगढीका  शाखा समन्वय समिति संयोजक सिए चिरञ्जीवी पाठक प्रशिक्षक रहेका थिए । 
नेपाल राष्ट्रबैंक धनगढीका निर्देशक सिए विनोदराज लेखक प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल अडिटर्स एशोसियसनका सुदूरपश्चिम प्रदेश अध्यक्ष अम्मरराज जोशी, जिल्ला अध्यक्ष भरतराज जोशी, नवजीवन सहकारी संस्थाका उपाध्यक्ष चेतराज ओझा, महाप्रबन्धक डम्मरसिंह गरू लगाायत अन्य लेखा परिक्षक अतिथी रहेका थिए । कार्यक्रम सञ्चालन नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय धनगढीका प्रमुख जेबि भोटियाले गरेका थिए । सिए जन्मराज तिमल्सैनाले सहभागिलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।