धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्ड सिधै लेखराजको घरमा

सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्ड सिधै लेखराजको घरमा

धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सुदूरपश्चिम आएका छन् कञ्चनपुर सिथत सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित हुन सुदूरपश्चिम आएका प्रधानमनत्री प्रचण्ड कञ्चनपुर जान अघि नेकपा एमालेका सचिव तथा सुप इन्चार्ज लेखराज भट्टको घरमा गएका छन्

नेकपा विभाजन भई एमाले माओबादी केन्द्र अलग अलग हुँदा माओबादी पृष्टभुमिका लेखराज भट्ट नेकपा एमालेतिर लागेका थिए भट्ट एमालेमा गएपछि प्रधानमन्त्री प्रचण्डसंग उनको संबन्ध बिग्रीएको थियो दुई नेता विच आरोप प्रत्यारोप पनि चलेको थियो तर आइतबार प्रधानमन्त्री प्रचण्ड एकाएक उनै भट्टको घरमा पुगेपछि अनेक अड्कलबाजी हुन थालेका छन्

कतिपयले लेखराज भट्ट नेकपा माओबादी केन्द्रमा जाने तयारीमा रहेका टिप्पणी गर्न थालेका छन् भने कतिपयले लेखराजलाई फकाउन प्रधानमन्त्री प्रचण्ड उनको घरमा गएका हुन सक्ने अड्कलबाजी गर्न थालेका छन् तर अहिले सम्म त्यसको यथार्थ बाहिर आइसकेको छैन  

प्रधानमन्त्री प्रचण्डले भने विगत ४० बर्ष देखि लेखराज भट्टको भरमा आफ्नो साइनो रहेका कारण आफुलाई सोघरमा प्रवेस गर्ने इच्छा लागेको बताएका छन् यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध , यो घरको माथि एउटा कोठा , त्यहाँ बस्थेँ, भट्टसँग भेटघाट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर आज यहाँ आएको हुँ, बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो

प्रधानमन्त्री प्रचण्डले एमाले सचिव भट्टसँग राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि कुराकानी गरेका छन् भट्ट पहिले माओवादीमै थिए नेकपाको एकीकरणबारे सर्वोच्च अदालतको आदेशपछि उनी एमालेमा लागेका हुन्

भट्टले पनि प्रधानमन्त्री प्रचण्डलाई घरमा स्वागत गरेको बताए आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको चिया खाएर प्रधानमन्त्री दाहाल गएको उनको भनाइ थियो यो भेटघाट तपाईंलाई माओवादीमै फर्काउने रणनीति हो ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै एमाले सचिव भट्टले भने, ‘यो अलग विषय हो, त्यो विषयमा हामीबीच अहिले कुनै छलफल नै भएन। त्यो अहिले सम्भावना पनि छैन