धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

गेटा आखा अस्पतालद्धारा अछाममा तीन हजार जनाको निशुल्क आँखा परिक्षण

गेटा आखा अस्पतालद्धारा अछाममा  तीन हजार जनाको निशुल्क आँखा परिक्षण

गेटा आखा अस्पतालले अछामका विभिन्न स्थानमा गरिएको आँखा शिविरमा तीन हजार भन्दा बढी नागरिकको निःशुल्क आँखा परिक्षण तथा उपचार गरेको

स्थानीय तह नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ह्यामर रोटरी क्लब नर्वे, सेभा नेपाल, तेजकोहली रुईत फाउण्डेशनको सहयोगमा चैत्र १९ देखि ३० गतेसम्म अछामका  चार स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो

शिविरमा तीन हजार ८५ जनाको निशुल्क आँखा परिक्षण गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए उनका अनुसार शिविरमा सहभागी आँखाका बिरामी मध्य सय ७३ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गरिएको त्यसैगरी जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको

शिविरमा सहभागी दुई हजार सय १० जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरि  बिरामी रहेका थिए उनीहरु घर आँगनमै पुनः दृष्टि पाएपछि हर्षित भएका छन्

आँखा शिविरमा गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेश राज पन्त नेत्र विशेषज्ञ डा अनीस मानन्धर सहित १४ जना प्राविधिकहरुको टोलीले आँखा परिक्षण गरेका थिए शिविरहरु बयालपाटा अस्पताल, बयलपाटा स्वास्थ्य चौकी तुर्माखाँद, पंचदेवल क्याम्पस बिनायक षोडसा मा वि मंगलसेनमा संचालन गरिएका थिए शिविरहरुमा नगरपालिका गाउँपालिकाका कर्मचारी, पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरुले महत्वपूर्ण योगदान पु¥याएका थिए

सुदूरपश्चिम  प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई  यस प्रदेशका वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको