धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मुख्यमन्त्री शाहद्धारा बेतन कर्णाली जलबिद्युत आयोजनाको निरीक्षण

 

 

 

 

धनगढी   सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बेतन कर्णाली जलाशययुक्त जलबिद्युत आयोजनाको निरीक्षण गरेका छन् मुख्यमन्त्री शाहले अछाम जिल्लाको ढकारी गाउपालिका वडा नम्बर मा भैरहेको आयोजना निर्माण स्थालको अनुगमन निरीक्षण गरेका हुन्

  स्थानीय पालिकाका प्रमुखहरु सहित मुख्यमन्त्री शाहले आयोजना स्थलको निरीक्षण गरेका हुन् आयोजनालाई चाडो सम्पन्न गर्न आइरहेका समस्या स्थानीय वासिन्दाको राय बुझ्न आयोजनाको निरीरक्षण गरेको मुख्यमन्त्री शाहले बताए

 सुदुरपश्चिममा अपार जलसम्पदा त्यसको सदुपयोग गरेर प्रदेशको सम्बृद्धिको आधार तयार पार्नु पर्छ मुख्यमन्त्री शाहले भने त्यसै क्रममा वेतन कर्णालीको आयोजना स्थलमा भैरहेको कार्य बुझ्न आएका समस्याको न्युनीकरणका लागि आएको छु

  सुदुरपश्चिम प्रदेश अछाम जिल्लाका ढकारी गाउपालिका तुर्माखाखाद गाउपालिका  तथा कर्णाली प्रदेश सुर्खेत जिल्लाको पंचमुरी नगरपालिका चौकुने गाउपालिको बीचमा रहेको कर्णाली नदीमा बेतन कर्णाली जलाशययुक्त जलबिद्युत आयोजना   निर्माण भैरहेको   आयोजनाबाट  अछामको ढकारी गाउपालिका वडा नम्बर सुर्खेतको चौकुने गाउपालिका वडा नम्बर का बीचमा रहेको कर्णाली नदीमा करिब ९० मीटर अग्लो बाध बनाएर जलाशययुक्त आयोजनाबाट शय ३० मेगावाट जलबिद्युत उत्पादन गरिने 

 आयोजनाबाट ढकारी गाउपालिकाको ११ शय रोपनी जग्गा प्रभावित क्षेत्रमा पर्ने ढकारी गाउपालिकाका अध्यक्ष प्रकाश साउदले बताए   शय ५० रोपनी क्षेत्रको  क्षतिपुर्ति चाडै बितरणको तयारीमा रहेको अध्यक्ष साउदले बताए

कर्मचारी संचय कोष, नेपाल बिद्युत प्राधिकरण बिद्युत उत्पादन कम्पनीको साझेदारीमा बेतन कर्णाली जलाशययुक्त जलबिद्युत आयोजना निर्माण भैरहेको हो

 मुख्यमन्त्री शाहले आयोजना निर्माणका क्रमममा जग्गाको मुआव्जा, जनताका समस्या आउन सक्ने ती सबै बिषयमा प्रदेश सरकारले समन्वय गरेर आयोजना निर्माणका लागि सहज अवस्था बनाउने बताए आयोजना समयमै बन्नु पर्छ समसयमै बने मात्र  त्यसबाट सही फाइदा लिन सकिन्छ मुख्यमन्त्री शाहले भने त्यसका लागि आयोजनाले समयमै तदारुकताका साथ काम गर्नु पर्छ, स्थानीय स्तरमा आउने समस्या हल गर्न प्रदेश सरकार भुमिका निर्वाह गर्न तयार