धनगढी पोष्ट
सोमबार, २५ बैशाख २०८० मा प्रकाशित
धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
‘मनैदेखि सेवा’ भन्ने मूल नारासहित दिवसका अवसरमा शाखाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न एवं गैरखाद्यान्न सामाग्री वितरण गरेको छ । फाउन्डेसनद्वारा संचालित अल्पकालीन सेवा केन्द्रमा रहेका असहाय, वृद्धवृद्धाहरूलाई सहयोग गर्ने उद्देश्यले सामाग्रीहरू उपलब्ध गराइएको शाखा सभापति बासुदेब बिनाडीले बताए ।
शाखाले फाउन्डेसनलाई एक क्वीन्टल चामल, १० किलो दाल, १० लिटर खानेतेल , १० प्याकेट नुन, ५ केजी केराउ, मसला, साबुन तथा ६० थान किटनाशक झुल वितरण गरेको हो । कार्यक्रममा शाखा सभापति बासुदेब बिनाडी, निवर्तमान सभापति उत्तम जोशी, कोषाध्यक्ष गोबिन्दप्रसाद जोशी, सदस्य खेमराज जोशी लगायत कर्मचारीहरूको उपस्तिथि रहेको थियो ।
दिवसका अवसरमा रेडक्रस सोसाईटी कैलाली शाखाका रहेको जकक हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गरिएको थियो । रेडक्रस अभियानका जन्मदाता जकक हेनरी ड्युनाको जन्मदिन मे ८ लाई विश्व रेडक्रस दिवसको रूपमा संसारभरी मनाइने गरिन्छ ।