धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदुरपश्चिममा सरकार निर्माणमा जुट्यो सहमति, माओवादीलाई ३  र नागरिक उन्मुक्तिलाई १ मन्त्रालय

सुदुरपश्चिममा सरकार निर्माणमा जुट्यो सहमति, माओवादीलाई ३  र नागरिक उन्मुक्तिलाई १ मन्त्रालय

धनगढी    सुदुरपश्चिम प्रदेश सरकारमा पावर शेयरिङका लागि दलहरुबीच सहमति जुटेको     सुदुरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री एक राज्य मन्त्री नागरिक उन्मुक्ति पार्टीबाट एक मन्त्री एक राज्यमन्त्री  बनाउने दलका शीर्ष नेताहरुबीच सहमति भएको

मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा माओवादी  केन्द्रका नेता सहित सरकारमा रहेका  प्रमुख दलका नेताहरुसँग गरेको भेटको लगत्तै सरकार निर्माणका बारेमा सहमति जुटेको हो

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री बनाउदा समर्थन गरे पनि माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन्   सुदुरपश्चिम सरकारमा नेपाली कांग्रेस नेकपा समाजवादी पार्टी मात्र सहभागी रहेका छन्

शीर्ष नेताहरुका बीचमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्री थप गर्ने सहमति पनि भएको

गत माघ २७ गत नेपाली कांग्र्रेस सुदुरपश्चिम प्रदेश सभा संसदिय दलका नेता कमल बहादुर शाह  मुख्यमन्त्रीमा नियुक्त भएका थिए मुख्यमन्त्री शाहले तत्कालै नेपाली कांग्रेसका प्रकाश बहादुर देउवालाई भौतिक पुर्वाधार बिकास मन्त्री   नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए  

सरकार निर्माणमा ढिलाई भएपछि मुख्यमन्त्री कमल बहादुर शाह नेकपा माओवादी केन्द्रका नेताहरु सहित काठमाण्डौं गएका थिए   मुख्यमन्त्री शाह माओवादी संसदिय दलका नेता खगराज भट्ट सहितका  नेताहरुसँग काठमाण्डौं पुगेको टोलीले  नेपाली कांग्रेसका सभापति शेर बहादुर शाह प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सुदुरपश्चिममा सरकार निर्माणमा  चाडो निर्णय गर्न आग्रह गरेका थिए

सरकारमा रहेका दलहरुका बीचमा सहमति निर्माणमा भएको ढिलाईले सरकार गठन भएको तीन महिनापछि सुदुरपश्चिम प्रदेश सरकार पुर्णता पाउन  लागेको हो