धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
धनगढीमा लागुऔषध दुर्व्यसनि विरुद्धको सचेतना कार्यक्रम

इच्छाशक्ति भए लागुपदार्थ दुर्व्यसनिबाट उम्कन सकिने निश्कर्ष

इच्छाशक्ति भए लागुपदार्थ दुर्व्यसनिबाट उम्कन सकिने निश्कर्ष

धनगढी पछिल्लो समय युवा वर्ग लागुपदार्थ दुर्व्यसनिको दलदलमा फस्ने क्रम उच्च

धनी, गरिब सवै वर्गका युवा लागुपदार्थ दुर्व्यसनिको सिकार बन्दा त्यसले समाजलाईनै अधोगतिमा धकेलिरहेको अधिकांस हत्याहिंसा, चोरीडकैती, बलात्कार जस्ता जघन्य अपराध लागुपदार्थ सेवनकै कारण हुने गरेका छन् कतिपय युवा नचाहादा नचाहदै लागुपदार्थ दुर्व्यसनिमा लाग्ने पछि त्यसबाट उम्कन नसकेर जीवन वर्वाद बनाइरहेका छन् कतिपय युवा जानी जानी त्यसतो दलदलमा फस्ने गरेका छन्

जे जस्तो भएपनि लागुपदार्थ प्रयोगको लतमा परेका युवालाई त्यसबाटा उम्कन त्यति सजिलो भने हुँदैन तर कतिपय युवा भने लागुपदार्थ दुर्व्यसनिको दलदलबाट उम्केर समाजका लागि उदाहरणिय व्यक्ति बन्न पनि सफल भएका छन् त्यसको एउटै कारण दृढ इच्छाशक्ति हो

कटक भण्डारी फाण्डेसनको आयोजना तथा धनगढी उप महानगरपालिकाको सहयोगमा शनिबार धनगढी स्थितपहिलो आरम्भ सुधार केन्द्रमा आयोजित लागुऔषध दुर्व्यसनि विरुद्धको सचेतना कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै सविन शाहीले भने, ‘लागुपदार्थ सेवनकै कारण घर परिवार समाजको नजरबाट गिरिसकेको थिए, लागुपदार्थ सेवनका लागि जस्तो सुकै त्याग गर्न पछि हट्नैनथ्ये, तर अहिले मैले पुनः समाजको विश्वास जितेको छु, लागुपदार्थ सेवनका लागि र्मन तयार हुने आज दृढ इच्छा शक्तिकै कारण दुर्व्यसनि मुक्त भएको छु, कुलतमा फसेका अरु व्यक्तिले पनि जस्तै दृढ इच्छाशक्तिका साथ आफुलाई उभ्याउन सके दुर्व्यसनिको दलदलबाट उम्कन सक्छन्

कुनै वेला लागुपार्थ सेवनकै कारण परिवार समाजलाई नि सम्म पिडा दिएका शाही पछिललो समय भने त्यही समाजको पिडामा मल्हम लगाइरहेका छन् पहिलो आरम्भ नामक सुधार गृह सञ्चालन गरेका उनले लागु पदार्थ दुर्व्यसनिको दलदलमा फसेका युवालाई कुलत मुक्त बनाउने काम गर्दै आएका छन् आफुले पनि समाजका लागि काम गर्न सक्छु भन्ने सन्देश दिन सुधारकेन्द्र सञ्चालन गरेको उनि सुनाउँछन्

लागु पदार्थ सेवनका कारण शुन्यमा झरिसकेको थिए, शाही भन्छन्, ‘शुन्यमा झरेको व्यक्तिबाट समाजले त्यती सजिलै पत्याउने अवस्था पनि थिएन, त्यसैले मैले आफु जस्तै लागुपदार्थ दुर्व्यसनिमा फसेका युवालाई सुर्धानुपर्छ भनेर सुधारगृह सञ्चालनमा ल्याएको हु, अहिले धेरै युवालाई कुलत मुक्त बनाएर घर पठाइसकेको छु, अव समाजेपनि विश्वास गर्न थालेको उनले मनबाट लागुपदार्थ त्याग्ने इच्छा बनाए दुर्व्यसनिबाट उम्कन सकिने बताए

युवा समाजसेजि दिपेश बोहरा पनि मनबाटै लागुपदार्थ बहिस्कार गरे दुर्व्यसनिमा परेका युवा कुलत मुक्त हुन सक्ने बताउँछन् लागू पदार्थको दुर्व्यसनि विश्वव्यापि रुपमा गम्भिर रोग जस्तै भइसकेको भएपनि त्यसको औषधी दृढ इच्छाशक्ति भएको उनि बताउँछन् लागुपदार्थ दुर्व्यसनिमा युवानै बढी फस्नेगरेको भन्दै उनले समस्या समाधानका लागि पनि युवानै सक्रिय हुन आवश्यक रहेको बताए मनले अठोट गरे सुध्रिन सकिन्छ, बोहरा भन्छन्, ‘लागुपदार्थ त्यागेर युवाले समाजका उदाहरणीय व्यक्ति बन्न सक्नुपर्दछ, युवाले चाहे नहुने असम्भव भन्ने केही हुँदैन

उनले समाजलाई लागुपदार्थ मुक्त बनाउन सरकारी स्तरबाटै अभियान सञ्चालन हुनु जरुरी रहेको बताए चुनावका वेला सवै उम्मेदवारले लागुपदार्थ अन्त्यका लागि योजना बनाउने घोषणा गरेपनि हाल सम्म ती उमेदवारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न भने नसकेको उनको भनाई

ग्याँस डिलरर्स यसोसिएसन कैलालीका अध्यक्ष छविराज भट्ट भने लागुपदार्थ दुर्व्यसनि अन्त्यका लागि सरकारले देशव्यापि अभियान सञ्चालन गर्नुपर्ने बताउँछन् पोलियो रोग अन्त्यका लागि सरकारले देशव्यापि खोप कार्यक्रम सञ्चालन गरेको थियो, भट्टले भने, ‘त्यही अभियानका कारण आज देशबाट पोलियो उन्मुलन भएको , पोलियो जस्तै गम्भिर समस्याका रुपमा देखिएको लागुपदार्थ दुर्व्यसनि अन्त्यका लागि सरकारले देशव्यापि सचेतना अभियान सञ्चालन गर्नु आवश्यक

पतञ्जली योगका गुरु हेमन्तराज ओझाले नियमित योग, व्यायाम प्रणायामका माध्यामबाट सकारात्मक सोचको विकास गर्न सकिने बताए मनदेखि व्यक्ति परिवर्तन हुन चाहेमा असम्भव भन्ने केही नरहेको उनि बताउँछन्

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउद पनि ईच्छाशक्ति भए कुलत मुक्त हुन सकिने बताउँछन् कुलत मुक्त हुन चाहन्छु भनेर मनैदेखि प्रण गरेका धेरै युवा कुलत मुक्त भएर सामान्व अवस्थामा फर्केका पनि छन्, उनले भने, ‘पहिलो आरम्भका रहेका युवाले पनि मनलाई बलियो बनाएर आफुलाई सुधार्न सक्छन्

लागुपदार्थ सेवन गर्नुभनेको अकालमै आफ्नो ज्यान गुमाउनु भएको बताउदै उनले अमुल्य जीवन अकालमा नगुमाउन युवालाई आग्रह गरे   ‘लागुऔषध न्युनीकरण ऐन २०३३ ले लागुपदार्थ प्रयोग वा ओसारपसार गरे जन्मकैद वा २५ लाख सम्म जरिवानाको व्यवस्था गरेको , उनले भने, ‘अनुसन्धानको समयावधि पनि ९० दिन राखेको , ९० दिन सम्म हिरासतमा बस्दा नागरिक सुध्रियोस भनेर यस्तो व्यवस्था ल्याइएको हो

पतञ्जली योग समिति कैलालीका अध्यक्ष शुवास मुस्कानले फोहार पानीको वाल्टिनलाई सफा पानी आउने धारमा राख्दा फोहोर पानी हटेर बाल्टिनमा सफापानी मात्रै देखिने गरेको उदाहरण दिंदै गलत बाटोमा लागेको मानिस पनि राम्रो संगत सकारात्मक सोचका साथ अघि बढे स्वच्छ हुन समय नलागने बताए

उनले लत -वानी_ सवै नागरिकमा हुने भएपनि राम्रो कामको लत हुनेले समाजको विकास गर्न सकेको नराम्रो लत हुनेले आफुसंगै समाजलाई पनि दुर्गन्धित बनाउने गरेको बताए त्यसैले युवा वर्गलाई घर, समाज देशको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्न नयाँनयाँ काम गर्ने सकारात्मक लतको वानी बसाल्न आग्रह गर्दछु, उनले भने, ‘मनलाई बलियो बनाएर गलत प्रवृति त्याग्नु पर्दछ

धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले समाज विकासका लागि, समाजको प्रगतिका लागि शुखी समाज निर्माणका लागि कुलतको अन्त्य हुनु अपरिहार्य रहेको बताइन्

लागुपदार्थ दुर्व्यसनि अन्त्यका लागि मानसिक सोच परिवर्तन हुनुनै अचुक औषधी हुने उनले बताइन् त्यसैअनुसार उप महानगरपालिकाले योजना बनाइरहेको , उप प्रमुख रानाले भनिन्, ‘बजेटको पनि व्यवस्था गरिएको , आवश्यक ऐन बनाएर अघि बढ्ने छौं उनले युवालाई प्रहरी हिरासतमा राखेर कुलत मुक्त नहुने भएपनि मनोमानी गरेर समाज परिवारलाई दिक्क लगाउने गरेका कारण बाध्य भएर प्रहरीको हिरासतमा राख्ने गरिएको बताइन्

यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित हामी मेयर, उप मेयर पनि गम्भिर छौं, रानाले भनिन्, ‘लागुपदार्थ दुर्व्यसनि कसरी अन्त्य गर्नसकिन्छ भनेर पटकपटक छलफल पनि भएको , अव सवैको सहकार्यमा यो समस्या समाधानका लागि ठोस काम गर्नेछौं

कैलालीका सवै पालिका मिलेर धनगढीमा सुविधा सम्पन्न सुधारगृह बनाउने तयारी भइरहेको समेत उनले बताइन्

कार्यक्रमका अध्यक्ष एवं कटक भण्डारी फाउण्डेसनका अध्यक्ष गणेश भण्डारीले युवालाई परिवर्तनको सम्वाहक बनाउने उद्देश्य सहति कटक भण्डारी फाउण्डेसनले काम गर्नै आएको बताए तर कार्यक्रम गर्दै जाने लक्षित समुहले त्यसलाई वेवास्ता गर्ने गरेमा त्यसले सार्थकता पाउन नसक्ने उनले बताए

उनले अभिभावकको आशालाई निराशामा नबदल्नपहिलो आरम्भ सुधारकेन्द्रमा रहेका युवालाई आग्रह गरे छोराछोरी विग्रेको वा गलत बाटोमा हिडेको कुनै पनि आमाबुवालाई राम्रो लाग्दैन, अध्यक्ष भण्डारीले भने,  ‘छोराछोरी सुध्रेलान भनेर नै अभिभावकले ठुलो दुःख गरेर सुधारकेन्द्रमा राखेका हुन्छन्, सुधारकेन्द्रबाट उदाहरणिय बनेर बारिह निस्कन आग्रह गर्दछु

उनले हालपहिलो आरम्भ सुधारकेन्द्रमा रहेका मध्य जनालाई ग्याँस डिलर्स एशोसियसनले जागिर दिने एकदुई जनालाई आफैले सञ्चालन गरेको कैलाली राष्ट्रिय दैनिक वा व्यवसायमा रोजगारी दिने घोषणा समेत गरेका छन्

अध्यक्ष भण्डारीले प्रहरीलाई लागुपदार्थ दुर्व्यसनि अन्त्यका लागि सचेतना जगाउने काम गर्न पनि आग्रह गरेका छन् लागुपदार्थ प्रयोग अन्त्यका लागि काम गर्ने नेपाल प्रहरी सरकारको महत्वपुर्ण निकायहो, भण्डारीले भने, ‘तर प्रहरीले अहिले सम्म युवालाई समात्ने जेल हाल्ने काम मात्रै गर्दै आएको , जेलमा कोचेर मात्रै लागुपदार्थ दुव्र्यसनी अन्त्य हुन सक्दैन

भण्डारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पनि अध्यक्ष गणेश भण्डारीलेनै गरेका थिए भने, कार्यत्रम सञ्चालन पत्रकार नारायण अवस्थीले गरेका थिए

सो कार्यक्रममा कटक भण्डारी फाउण्डेसनलेपहिलो आरम्भमा सुधारकेन्द्रमा रहेका लाकेन्द्र कडेललाई नगद पुरस्कार पनि प्रदान गरेको