धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

धनगढी सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको

कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो खोप अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय कैलालीले   जिल्लाका १३ वटै पालिकामा गोष्टि सञ्चालन गरिरहेको छ । जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो

कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए सुदूरपश्चिममा महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना

धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने