धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

वेहडाबाबा मन्दिरमा मनोमानी पार्किङ शुल्क

वेहडाबाबा मन्दिरमा मनोमानी पार्किङ शुल्क

धनगढी गंगा दशहरा मेलाका अवसरमा बेहडाबाबा मन्दिरको दर्शन गर्न भएका भक्तालु माथी सवारी पार्किङका नाममा चर्को शुल्क अशुली हुन थालेको

सवारी पार्किङको न्यूनतम शुल्क एक सय रुपैंया सम्म अशुल्न थालेपछि मन्दिर व्यवस्थापन समितिको चर्को बिरोध हुन थालेको

मंगलबार देखि सुरू भएको मेला भर्न सुदूरपश्चिम भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गर्छन् तर, मेला भर्न गएकाहरूबाट पार्किङको नाममा रकम असुल्ने काम भइरहेको सर्वसाधारणले गुनासो गरेका छन् बेहडाबाबा दर्शन गर्न जानेबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालिएको हो

मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप कारको दुई सय पचास बस पार्किङ गरेको सय ५० असुली गरिरहेका छन्

मन्दिर दर्शन गर्न जानेबात चर्को रकम असुली हुन थालेपछि यसको चौतर्फी बिरोध भएको मन्दिर व्यवस्थान समितिले पार्किङ शुल्क घटाएर लिने बताएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले मोटरसाइकल स्कुटरको ६० रुपैयाँ कार जिपको १२५ रुपैयाँ लिन निर्देशन दिएको बताए त्यसबारेमा आफुले बुझ्ने काम भइरहेको उनले बताए