धनगढी पोष्ट
बिहिबार, १८ जेठ २०८० मा प्रकाशित
धनगढी । रानीजमरा कुलरिया सिंचाई आयोजनाको नहरमा डुवेर लम्कीको एक विद्यालयमा कार्यरत प्रधानाध्यापकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–५ चौरीस्थित जन जागृति माविका प्रधानाध्यापक ४० वर्षीय जब्बर बडुवालको नहरमा डुबेर ज्यान गएको हो ।
बुधबार अपराह्न बल्चौरस्थित रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा बडुवालको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ३÷४ जना साथीहरूसहित नुहाउन गएका बडुवाल पौडी खेल्न नआएका कारण डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।