धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१ सय २२ जना विपन्न महिलालाई राहत वितरण

१ सय २२ जना विपन्न महिलालाई राहत वितरण

धनगढी कैलालीका एक सय २२ जना अति विपन्न महिलालाई वृहत राहत सामग्री वितरण गरिएको

आघात पछिको सशक्तिकरणको बाटो ‘‘हाम्रो सहकार्य’’ परियोजनाले कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिका धनगढी उप महानगरपालिकाका गरी एक सय २२ जना अति विपन्न महिलालाई वृहत राहत सामग्री वितरण गरेको हो

परियोजना फिनल्याण्ड सरकारको आर्थिक सहयोग यू.एन वमनको प्राबिधिक सहयोग तथा जुरी नेपाल दलित महिला संघको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको

परियोजनाले कोभीडबाट प्रभावित, पविार गुमाएका, रोजगारी गुमाएका वा अन्य समस्याले आर्थिक रुपमा आघातमा परेका परिवारलाई तत्कालिन दिर्घकालिन रुपमा सहयोग गर्दै आएको तत्कालिन सहयोगमा खाद्यान्न, ग्यास चुलो, लगायत अत्यावश्य सामग्री परियोजनाले वितरण गरेको फेडोका प्रदेश संयोजक तारक टमाटाले बताए

तत्कालिन राहत पछि ती परिवारलाई रोजगारीमा जोड्ने थप कार्यक्रम सञ्चालन गरिने संयोजक टमाटाले बताए । परियोजनाले जेठ १३ गते कैलारी गाउँपालिका , , नम्बर वडाका ३५ जना, १३ गतेनै धनगढी१२ का २२ जनालाई वृहत राहत प्याकेज वितरण गरेको थियो सो राहत सामग्री वडा अध्यक्षको रोहबरमा वितरण गरिएको थियो

यसैगरी जेठ १४ गते भजनी नगरपालिका वडा नम्बर का ३५ जना अति विपन्न महिलालाई वृहत राहत प्याकेज वितरण गरेको सो कार्यक्रममा भजनी नगरपालिकाका मेयर, उप मेयर वडा अध्यक्ष समेत सहभागि रहेका थिए

परियोजनाले जेठ १५ गते धनगढी का ३० जनालाई वृहत राहत प्याकेज वितरण गरेको संयोजक टमाटाले बताए । वृहत राहत प्याकेजमा चामल, दाल -मसुरो चना_, नून, तेल, चीनि, ग्याँस चुलो, ग्याँस सिलिण्डर, लुगा धुने सर्फ, नुहाउने साबुन, स्वास्थ्य सामग्री, सेनेटरी प्याड लगायतका अत्यावश्यक सामग्री वितरण गरेको हो