धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

पहिरोको उच्च जोखिममा रहेको विद्यालय सारिने

पहिरोको उच्च जोखिममा रहेको विद्यालय सारिने

धनगढी पहिरोको जोखिममा परेको केदारस्युँ गाउँपालिका , रोतागडामा रहेको भुमिदेव आधारभूत विद्यालय सुरक्षित ठाउँमा सारिने भएको सडक निर्माण पछि सुरु भएको पहिरोका कारण जोखिममा परेको उक्त विद्यालय सुरक्षित ठाउँमा सारिन लागेको हो

विद्यालयका पाँचवटा भवनलाई बिचमा पारेर दुईतिरबाट निर्माण गरिएको सडकका कारण भवनको दाँया बायाँतिरबाट पहिरो सुरु भएपछि विद्यालयका भवनमात्रै नभएर सय ३८ जना विद्यार्थीको ज्यान नै जोखिममा परेको थियो

पहिरोको जोखिम भएपछि विद्यालयलाई वडा नम्बर कै सिङराल्नी भन्ने ठाउँमा सारिन लागिएको विद्यालय सार्नका लागि केदारस्युँ गाउँपालिकाले २७ लाख खर्च गरेर सुरक्षित ठाउँमा जग्गा खरिद गरेको

पालिकाले खरिद गरिदिएको जमिनमा पक्की भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दिएको ५५ लाख अनुदानबाट चारकोठे पक्की भवन निर्माण सम्पन्न हुने चरणमा तीन वर्षदेखि निरन्तर झरिरहने पहिरोका कारण दुर्घटना हुने त्रासबीच पढाइ सञ्चालन गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विद्यालयका प्रधानाध्यापक खडक बोहराले बताए