धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बैतडीका अधिकांस सामुदायिक वनमा डढेलो

बैतडीका अधिकांस सामुदायिक वनमा डढेलो

धनगढी लामो समय सम्म बर्षा नहुँदा बैतडीका अधिकांस सामुदायिक वनमा डढेलो लागेको

अधिकांस वनमा मानविय त्रुटीका कारण डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय बैतडीको भनाई   डिभिजन वन कार्यालय बैतडीका अनुसार शनिबार सम्म बैतडीका २० भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका भएपनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए

जिल्लाको सिगास, पाटन, मेलौली, शिवनाथ पञ्चेश्वरका सामुदायिक वनहरुमा बढी डढेलो लागेको कँडेलले बताए सल्लेरी वन भएका क्षेत्रमा डढेलो बढी लाग्ने गरेको स्थानीय उपभोक्ताहरुको लापरवाहीकै कारण बढी जसो आगलागीका घटनाहरु हुने गरेका उनको भनाई

धेरै सामुदायिक वनमा घाँस पलाउने भन्दै उपभोक्तालेनै आगो लगाउने गरेका छन्, कतिपय ठाउँमा आगो वालेर छोड्ने जस्ता मानविय गल्तिका कारण पनि डढेलो हुने गरेको , डिभिजन वन कार्यालय बैतडीका प्रमुख कडेँलले भने, ‘तर त्यसरी वनमा आगो लगाउँदा वनमा भएको बहुमुल्य सम्पति जलेर नष्ट हुने गर्दछ, सयौं प्राणीको वासस्थान गम्ने गर्दछ, त्यस तर्फ हामी सचेत हुनु जरुरी

सिगास गाउँपालिकाका ओटा सामुदायिक वनको क्षेत्रमा डढेलो लागेको सिगास गाउँपालिकाको २९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको सिगासको घट्टे सामुदायिक वन, सिगास भुमिराज सामुदायिक वन, सिगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिगास सांगडा सामुदायिक वन खेती सामुदायिक वनमा डढेलो लागेको

यस्तै पाटन नगरपालिका अन्तर्गतका उदयदेव, दहवयाला, ठुलीखाली महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल श्री केदार सामुदायिक वन गरी दशमलव हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो यसैगरी पुर्चौडी नगरपालिका दोगडाकेदार गाउँपालिकामा तीन÷तीन हेक्टर वन क्षेत्रमा डडेलो लागेको सामुदायिक वनहरुमा डढेलो लागेका कारण लाखौंका वन सम्पदाहरु जलेर नष्ट भएका छन्

यसका साथै वन्यजन्तुहरु समेत वन डढेलोबाट प्रभावित भएका डिभिजन वन प्रमुख कँडेलले जानकारी दिए वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेको पाइएको वन डढेलो नियन्त्रणका लागि स्थानीय सरकारहरुले समेत खासै ध्यान दिन सकेका छैनन्