धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अत्याधिक गर्मिका कारण बढे बिरामी

अत्याधिक गर्मिका कारण बढे बिरामी

धनगढी पछिल्लो दुई साता यता बढेको अत्याधिक गर्मिका कारण कैलालीमा गर्मिबाट हुने विरामी बढेका छन्

ज्वरो आउने, टाउको दुख्ने, हात खुट्टा दुख्ने, झाडा पखाला हुने जस्ता समस्या भएका विरामीले पछिल्लो समय अस्पतालका वेड भरिएका स्वास्थ्यकर्मीले जनाएका छन्

गर्मि धेरै भएपछि अस्पतालमा विरामीको चाप बढेको , सेति प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिडेण्डेण्ट डा. हेमराज पाण्डेले भने, ‘ज्वरो आउने, हात खुट्टा दुख्ने, झाडा पखाला हुने जस्ता विरामीको अहिले चाप बढेको अस्पतालमा गर्मिका कारण हुने विरामीले बेड भरिन थालेका उनले बताए अहिलेको समयमा खास गरी भाइरल ज्वरो आउने, टाइडफाईड हुने, नीमोनिया बढ्ने, दम बढ्ने, उच्च रक्तचाप भएका विरामीलाई बढी समस्या हुने गरेको डा. पाण्डले बताए लामो समय सम्म बर्षा नहुँदा हावा प्रदुषण हुने त्यसले मानिसको स्वास्थ्यमा प्रतिकुल समस्या निम्त्याउने गरेको डा.पाण्डे बताउँछन्

स्वास्थ्यकर्मीले गर्मिको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव समेत दिएका छन् अत्याधिक गर्मिको दिन घरमै बस्ने प्रसस्त पानी पिउने, झोलीलो खानेकुरा प्रयोग गर्ने, घाम नलाग्ने खुल्ला हावा आउने ठाउँमा बस्दा गर्मिबाट स्वास्थ्यमा हुने समस्या न्यूनीकरण गर्न सकिने सेति प्रादेशिक अस्पतालका बरिष्ठ जनरल फिजिसियन कन्सल्टेन्ट डा. शेरबहादुर कमर बताउँछन् अहिले अस्पतालमा आउने अधिकांस विरामीमा पानीको कमि भएको पाइन्छ, कमरले भने, ‘सामान्य अवस्था भन्दा गर्मिमा शरीरलाई पानीको आवश्यकता पर्ने हुन्छ, तर धेरै नागरिकले थोरै मात्रै पानी प्रयोग गर्ने गर्दछन्, जस्का कारण स्वास्थ्यमा समस्या हुने गर्दछ

उनले गर्मिमा अत्याधिक चिसो पेय पदार्थ प्रयोग नगर्न पनि सुझाव दिएका छन् चर्को घामबाट आएर धेरै चिसो पानी वा अन्य पेय पदार्थ प्रयोग गर्ने धेरैको वानी हुन्छ, फिजिसियन डाक्टर कमरले भने, ‘त्येसो गर्दा शरीरको तापक्रममा असन्तुलन भई स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना उच्च हुन्छ, त्यसैले धेरै चिसो पानी वा पेय पदार्थ प्रयोग गर्नु हुँदैन