धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कैलारी गाउपालिका र जानकी ५ मा सिकलसेल एनिमिया र थालसेमिया स्क्रिनिङ शुरु

सिकलसेलको परिक्षण र उपचार सहज बनाउँछौं : मुख्यमन्त्री शाह

सिकलसेलको परिक्षण र उपचार सहज बनाउँछौं : मुख्यमन्त्री शाह

धनगढी कैलाली जिल्लाको कैलारी गाउपालिकामा एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु भएको  सुदुरपश्चिम प्रदेश सरकारको सिकलसेल एनिमिया थालसेमिया  रोग पहिचान निदानको लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत  कैलारी गाउपालिकामा स्क्रिनिङ अभियान शुरु भएको हो

भर्री गाउको टीसीएन डाडामा रहेको हसुलिया स्वास्थ्य चौकीमा आइतबार अभियान शुरु भएको हो   सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा शुरु भएको अभियानको सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका  हुन्

   सो अवसरमा मुख्यमन्त्री शाहले कैलाली कन्चनपुरमा बिशेष गरि थारु समुदायमा देखा परिरहेको सिकलसेलको परिक्षण उपचारलाई सहज बनाउन  प्रदेश सरकार  प्रतिवद्ध रहेको बताए   सिकलसेल कतिलाई लागेको , अझै थाहा छैन   मुख्यमन्त्री शाहले भने त्यसैले यसको परिक्षण सबैले गर्ने डिजिज देखिएकाहरुलाई उपचार गर्ने व्यवस्था प्रदेश सरकारले गर्छ, तपाईहरु ढुक्क हुनुस्

सुदुरपश्चिमको स्वास्थय अवस्था सुधार गर्नु सरकारले प्राथमिकतामा रहेको उल्लेख गदैै मुख्यमन्त्री शाहले  प्रदेशमा सबै खालका रोगको स्वास्थ्य सेवाको पहुच बृद्धि गरिने बताए

सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले सिकलसेलको जोखिममा रहेका समुदायलाई स्वास्थ्य सेवाको पहुच बढाउन सरकार क्रियाशील रहेको बताए   अहिले  संचालन भैरहेका स्क्रिनिङ शिविर सिकलसेलको जोखिममा रहेकाहरुको परिक्षणको लागि हो सामाजिक मन्त्री साउदले भने हामी    यसको परिक्षण उपचारको दायरा अझै बढाउन चाहन्छौं

कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरीले  कैलारी गाउपालिकामा अधिकांश थारु समुदायको बसोबास रहेकोले सिकलसेलको जोखिम पनि बढी रहेको बताए   सिकसेलको लागि पालिका आफै पनि धेरै काम गर्दै आइरहेको तर यो पर्याप्त छैन अध्यक्ष चौधरीले भने यसमा प्रदेश सरकारले पनि अझै प्राथमिकता दिन आवश्यक

स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले संचालन गरेको उक्त कार्यक्रममा प्रदेश सांसद गीता चौधरी कैलारी गाउपालिकाकी उपाध्यक्ष  भगवती चौधरीले मन्तव्य व्यक्त गरेका थिए

कैलारी गाउपालिकामा सात हजार जनाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य राखिएको आइतबार  शय जनाको परिक्षण भएको सिकल सेलको परिक्षण गराउनेहरुलाई परिचयपत्र प्रदान गरिनेछ

आइतबार नै जानकी गाउपालिकाको वडा नम्बर को अमौरीमा सिकलसेल एनिमिया थालसेमियाको निःशुल्क स्क्रिनिङ भएको जानकी मा शय २१ जनाको परिक्षण भएको

 सो अवसरमा जानकी गाउपालिकाका अध्यक्ष गणेश चौधरीले थारु समुदायमा देखा परिरहेको सिकलसेल एनिमिया कति जनामा भन्ने नै अहिलेसम्म थाहा हुन नसकेको बताए पालिका मात्रले गरेर हुन नसक्ने यो समस्यामा प्रदेश सरकारले गरिरहेको प्रयास राम्रो भएको भन्दै अध्यक्ष चौधरीले सिकलसेल परिक्षण उपचारलाई अझै सहज बनाउन आवश्यक रहेको बताए

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहाहुर धामी थारु समुदायमा सिकलसेल देखा परिरहेकोले जिल्लाका दुई पालिकामा अहिले स्क्रिनिङ गरिएको अन्य ठाउँमा अर्को आर्थिक बर्षमा गरिने बताउँछन्   परिक्षणका क्रममा प्राप्त हुने  परिक्षणका आधारमा नै सिकलसेलको उपचार सहज हुने धामी बताउँछन्

 कैलालीकै लम्कीचुहा नगरपालिकामा  संचालन गरिएको सिकलसेल एनिमियाको स्क्रिनिङ  अभियान असार मा सम्पन्न भएको अभियानका क्रममा लम्कीचुहामा हजार शय ८८ जनाको परिक्षण गरिएको

 त्यस्तै कन्चनपुरको बेलौरी नगरपालिकमा असार गतेदेखि  सिकलसेल एनिमियाको स्क्रिनिङ  अभियान  संचालन भैरहेको अभियानमा हजार जनाको परिक्षण गर्ने लक्ष्य लिइएको