धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

दार्चुलाको गोकुलेश्वरमा गेटा आँखा अस्पतालको २३औं शाखा

दार्चुलाको गोकुलेश्वरमा गेटा आँखा अस्पतालको २३औं शाखा

धनगढी नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालले दार्चुलामा २२औं शाखा स्थापना गररी उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको

दार्चुलाको गोकुलेश्वरमा स्थापन गरिएको २२औं शाखाबाट सो जिल्लाको शैल्यशिखरन गरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका बैतडीको डिलाशैनी गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्नसकिने गेटा आँखा अस्पतालले जनाएको

सो शाखा दार्चुलाको शैल्यशिखर नगरपालिकाकाको सहकार्य तथा सेभा फाउण्डेसनको सहयोगमा असार गते गोकुलेश्वरमा स्थापना गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताएका छन्

उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा समेत सञ्चालन गरिने जनाइएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टका अनुसार सो शाखाबाट समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालनगरिने

साथै आँखाको जटिल समस्याभएका बिरामीहरुलाई आँखा परिक्षणगरिने उपकरणमा जडित क्यामराको मदतले टेलि मेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण आवस्यक परामर्श गरि उपचार सेवासमेत प्रदानगरिने भट्टका अनुसार सो शाखाबाट विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण गरि चश्माको आवस्यकता भएका विद्यार्थीहरुलाई निःशुल्कचश्मा समेत उपलब्ध गराईने

शैल्यशिखर नगरपालिका नगर प्रमुख विजय सिंह धामीको सभापतित्वमा संचालित उद्घाटनकार्यक्रममा बिशिष्ठ अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशीबाट आँखाउपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको थियो गेटा आँखा अस्पतालबाट प्रदानभई रहेको सेवामा बिभिन्न कारणबाट पहूँच हुननपाई आँखा उपचार सेवालिनबाट बिगत लामो समय देखि बन्चित उक्त क्षेत्रका आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वितहुने अपेक्षा गेटा आँखा अस्पतालले गरेका

प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत प्रदेशका वटै जिल्लामा संचालित २३ वटा शाखाबाट नियमित उपचार सेवा प्रदानगर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरिरहेको