धनगढी पोष्ट
मङ्गलबार, ०५ असार २०८० मा प्रकाशित
धनगढी । बझाङमा सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहको स्वास्थ्य अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एस्पि श्याम चौधरीका अनुसार सवारी दुर्घटनामा परी मन्त्री सिंह सहति उनकी धर्मपत्नी र पिएसओको अवस्था गम्भिर रहेको छ । सवारी चालक धर्मराज जोशीभने बोल्न सक्ने अवस्थामा रहेका प्रहरी प्रबक्ता चौधरीले जानकारी दिएका छन् ।
अहिले बझाङको देउरा स्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डौं लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर देउरा तर्फ गइरहेको प्रहरी प्रबक्ता चौधरीले बताएका छन् ।
‘मन्त्री ज्यु, उहाँका श्रीमति र पिएसओको अवस्था गम्भिर रहेको छ,’ प्रहरी प्रबक्ता चौधरीले भने, उहाँलाई थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको छ, सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बझाङ तर्फ गइरहेको छ ।’
मन्त्री सिंह सवार रहेको सु प्र प ०१००१झ ४८० न को गाडी बझाङको बागथलामा नजिकै दुर्घटना भएको थियो ।