धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025
बझाङ सवारी दुर्घटना

मन्त्रीकी पत्नी र भाउजुको मृत्यु, मन्त्रीलाई थप उपचारका लागि कोहलपुर लगियो

मन्त्रीकी पत्नी र भाउजुको मृत्यु, मन्त्रीलाई थप उपचारका लागि कोहलपुर लगियो

धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहकी पत्नि भाउजुको मृत्यु भएको पुष्टि भएको दुर्घटनामा परी गम्भिर घाइते भएका मन्त्री सिंह सहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एस्पि श्याम चौधरीले बताए

मन्त्री ज्यूका श्रीमति अमृता सिंह भाउजु जयादेवि सिंहको मृत्यु भएको घोषणा भइसकेको , एस्पि चौधरीले भने, ‘दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका मन्त्री सहित अन्य तीन जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको

एस्पि चौधरीका अनुसार मन्त्री सिंह सहित सवारी चालक धर्मराज जोशी सुरक्षा कर्मि (पिएसओ) दिपक भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो