धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मन्त्री भएको एक महिनामै अस्ताए जनप्रिय नेता सिंह

मन्त्री भएको एक महिनामै अस्ताए जनप्रिय नेता सिंह

धनगढी जेठ ६ गते सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका पृथ्बीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भयो मन्त्री बनेको एक महिनामै उनको असमाहिक निधन भएको हो । 

जनता माझ निकै लोकप्रिय छवि बनाएका मन्त्री सिंहको निधनको खबरले बझाङ जिल्ला वासीलाई मर्माहित बनाएको विकास वादी नेताको छवि बनाएका मन्त्री सिंहबाट बझाङ वासीमाले धेरै अपेक्षा गरेकोमा अव ती अपेक्षा सपना जस्तै भएका छन् ।

असार गते सोमबार प्रदेश राजधानी धनगढीबाट जना परिवार सदस्यसहित १६ जनाको टोली डडेल्धुरा पुगेको थियो डडेलधुरामा मन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर त्यही बास बसेका थिए मंगलबार बिहानै डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन गर्न बिहान बजे परिवार सहित त्यहाँ पुगेका थिए उग्रताराको दर्शनपश्चात डडेल्धरामै खाना खाइसकेपछि मन्त्री सिंहको गाडी अघि अघि बाँकी गाडी पछाडि हुँदै बझाङका लागि हिँडेको जयपृथ्वी नगरपालिका का राजेन्द्र थापाले बताए मंगलबार दिउँसो १२ बजे बझाङ प्रवेश भएको मन्त्री सिंहको गाडी साढे बजे बाग्थला बजार पुगेको थियो

केदारस्युँ गाउँपालिका बाग्थलाबाट १५ मिनेट अगाडि बढेको जीप कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो मंगलवार दिउसो १:४५ बजे केदारस्यु गाँउपालिका झारछडामा गाडी दुर्घटनामा परी जीपमा सवार कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयदेवी सिंह, चालक धर्मराज जोशी मन्त्री सिंहका सुरक्षागार्ड दीपक भण्डारी सबै गम्भीर घाइते बनेका थिए गम्भीर घाइते उनीहरूलाई हतार हतार केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र ऋतु पोलिक्लिनिक लगिएको थियो । उपचारकै क्रममा डाक्टरले मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह भाउजु जयदेवी सिंह मृत्यु भएको पुष्टि गरेका थिए

ऋतु पोलिक्लिनिकमै छँदा मन्त्री सिंहको नाबीको चाल मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सक सर्जन सुवेदीले बताए सुर्खेतबाट आएको हेलिकोप्टरले मन्त्री सिंहसहित चालक जोशी अंगरक्षक भण्डारीलाई ४:५८ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याएको थियो त्यहाँ प्राध्यापक डाक्टर ढुण्डी राज पौडल नेतृत्वको टोलीले मन्त्री सिंहलाई बचाउन हर प्रयास गर्दा पनि नाबीको चाल मुटुको धड्कनले काम गरेको नपाइएपछि बेलुका ५:३३ बजे मृत घोषणा गरेको थियो

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला जाँदै गरेका सिंहले बझाङकै वित्थड चिर गाउँपालिकामा आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रम पछि केदारस्यूँको देउरामा पनि कार्यकर्तालाई भेट्ने कार्यक्रम थियो

जिल्ला सदरमुकाम लगायत विभिन्न ठाउँमा कार्यक्रमहरु आयोजना गरिएको थियो तर मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लाबासीहरुमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छायो सुदुरपश्चिम सरकारमा पहिलो पटक बझाङले क्याविनेट मन्त्री पाएकोमा खुशीले माला लगाउन भनेर हिडेको थिए, बझाङ देउराका एक जना व्यवसायी केस विस्टले दुखद दुर्घटनाले सबैलाई मर्माहत बनाएको बताए मन्त्री सिंहको दम्पती भाउजुको निधन अकास्मात अकल्पनिय क्षतीले बझाङ जिल्ला नै शोक मग्न भएको बझाङ बासीले पनी अत्यन्त मिलनसार सहयोगी नेता गुमाउँदा एक असल नेता गुमाएको बताएका छन् जिल्लामा मिलनसार व्यक्तीको छवी बनाएका होनहार नेता तथा प्रदेश मन्त्री सिंह गुमाएको खबरले आफु स्तब्ध भएको प्रतिनिधी सभा सदस्य भानुभक्त जोशीले बताए