धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

दिवंगत मन्त्रीको पार्थिव शरीरमा माल्यापर्ण गर्दै  मुख्यमन्त्रीसहितका नेताले दिए श्रद्धाञ्जली

दिवंगत मन्त्रीको पार्थिव शरीरमा माल्यापर्ण गर्दै  मुख्यमन्त्रीसहितका नेताले दिए श्रद्धाञ्जली

धनगढी सवारी दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहित मन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्

सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन्

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिएको थियो त्यसपछि अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत उनको पार्थिक शरीरलाई गृह जिल्ला बझाङ लगिएको

मन्त्री सिंहको गृह जिल्ला बझाङ जाने क्रममा सुपप्र ०१००१ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना परेर मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो