धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

बडीमालिकामा कृषि एम्बुलेन्स सञ्चालन

बडीमालिकामा कृषि एम्बुलेन्स सञ्चालन

धनगढी बाजुरा स्थित बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालमा ल्याएको किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित तवरले बजार उपभोक्तासम्म पु¥याउने उद्देश्यले  कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बडीमालिका नगरपालिकाले जनाएको

कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताएका छन् कृषकलाई आत्मनिर्भर बनाउन उत्पादित बजारको सरल सहज पहुँचको आवश्यकता रहेको जनाउँदै नगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको नगर प्रमुख खड्काको भनाइ रहेको

कृषि एम्बुलेन्स सेवाको एक कार्यक्रमका असार गतेबाट आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको हो कृषि एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि कृषकका बारीमै कृषि एम्बुलेन्स पुग्ने कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या नहुने भएको हो सडक पहुँच पुगेका सबै टोल बस्तीमै पुगेर तरकारी सहीतको उत्पादन संकलन गर्ने बजारसम्म सहुलियत मूल्यमा ढुवानी सहायता दिने उदेश्य पालिकाले राखेको

बडीमालिका जिल्लाका नौ मध्ये बेमौसमी तरकारी उत्पादन गर्नेमा अग्रस्थानको पालिका हो बाजुरा सदरमुकाम आउने आधा बढी तरकारी पालिका भित्रै उत्पादन हुने गरेको किसानले बारीमा कुनै कुनै खेती गरेको अवस्था , थोरै भएपनि उत्पादन , त्यो उत्पादनलाई बजारसँग जोड्ने कुरा समस्या थियो, अब अन्त्य हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् उत्पादन थोरै हुने, ढुवानीमा बढी खर्च हुने समस्या थियो, कृषि एम्बुलेन्सले त्यो समस्या हट्ने किसानलाई खेती गर्न हौसला मिल्ने जैशीको भनाई

बाजुरामा अझै ८० प्रतिशत बढीले कृषि पेशा नै गर्ने गरेका छन् तर ती सबै गुजाराका लागि मात्रै सीमित छन् प्रविधी मैत्री कृषि खेतीको विकास बेमौसमी खेती गर्ने तरकारी खेती गर्न रुचि राख्नेहरुका लागि पनि बजारको ग्यारेन्टी नहुँदा समस्या थियो, त्यो समस्या अन्त्यका लागि पालिकाले सानो प्रयास थालेको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् बडीमालिकामा तरकारी खेती त्यसैमा आलुका लागि धेरै संभावना बोकेको