धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सिकलसेल एनिमिया र थालसेमिया रोग निदान निःशुल्क स्क्रिनिङ अभियान

कैलारी गापामा एकै दिन १५ शयको सिकलसेल  एनिमिया परिक्षण

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो ।

कैलारी गापामा एकै दिन १५ शयको सिकलसेल  एनिमिया परिक्षण

धनगढी कैलाली जिल्लाको कैलारी गाउपालिकामा एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान संचालन भैरहेकोे  सुदुरपश्चिम प्रदेश सरकारको सिकलसेल एनिमिया थालसेमिया  रोग पहिचान निदानको लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत  कैलारी गाउपालिकामा अभियान संचालन भैरहेको हो

अभियान अन्तर्गत बुधबार हजार शय जनाको सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

थारु समुदायमा सिकलसेल एनिमिया थालसेमिया ठुलो मात्रामा देखा पर्न थालेपछि सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको अग्रसरतामा कैलालीको लम्कीचुहा नगरपालिका कैलारी गापालिका कन्चनपुरको बेलौरी नगरपालिकामा  स्क्रिनिङ  अभियान संचालन भैरहेको

कैलारी गाउपालिकामा सात हजार जनाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य राखिएको सिकल सेलको परिक्षण गराउनेहरुलाई परिचयपत्र प्रदान गरिनेछ

  सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरेका सबैलाई पहिलो पटक परिचयपत्र पनि बितरण भैरहेको    एक पटक परिक्षण गरिसेकपछि फेरि परिक्षण गर्न नपरोस् भनेर  परिक्षणको परिचयपत्र प्रदान गर्ने काम समेत भैरहेको धामीले बताए सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् सिकलसेल देखा परेकाहरुले उपचार पाउन  सहज होस, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं

परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन्

यसअघि कैलालीकै लम्कीचुहा नगरपालिकामा  संचालन गरिएको सिकलसेल एनिमियाको स्क्रिनिङ  अभियान असार मा सम्पन्न भएको अभियानका क्रममा लम्कीचुहामा हजार शय ८८ जनाको परिक्षण गरिएको

  जानका गाउपालिकाको वडा नम्बर को अमौरीमा संचालन गरिएको निःशुल्क स्क्रिनिङ अभियानमा  शय २१ जनाको  सिकलसेल एनिमिया थालसेमियाको परिक्षण भएको

 जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहाहुर धामी थारु समुदायमा सिकलसेल देखा परिरहेकोले जिल्लाका दुई पालिकामा अहिले स्क्रिनिङ गरिएको अन्य ठाउँमा अर्को आर्थिक बर्षमा गरिने बताउँछन्