धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

स्व.मन्त्री सिंह दम्पतिको आज दाह संस्कार गरिदै

स्व.मन्त्री सिंह दम्पतिको आज दाह संस्कार गरिदै

धनगढी  सवारी दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज दाहसंस्कार गरिंदै

बुधवार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह  दम्पतीको पार्थिव शरीरलाई शनिबार बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराइएको थियो अहिले मन्त्री सिंहको पार्थिव शरीरलाई नेपाली कांग्रेस पार्टी कार्यालयमा राखेर शोक तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम भइरहेको भने आजै दिउँसो सेती नदीस्थित धौला बगर मसानघाट डुंग्रीमा मन्त्री सिंह दम्पतिको अन्त्येष्टि गरिने

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिवार) आज अन्त्येष्टि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजंगबहादुर सिंहले बताए डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो


ट्रेन्डिङ