धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुख हित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुख हित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालित कार्यालय प्रमुख लक्ष्मण शाह दुई जना कम्प्यूटर अपरेटर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा मुद्धा दायर गरिएको

परीक्षामा फेल भएका तथा परिक्षामा सहभागी नै नभएकाहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा उनिहरु विरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाह, तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया पवनकुमार रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो

कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको लिखित परीक्षामा उत्तीर्ण नभएका लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए आर्थिक वर्ष २०७८/७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको

शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग A, B, C/C1, K, / J1  का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका सय ८० जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट -अपलोड_ गरेको त्यस क्रममा निजले प्रविष्ट -अपलोड_ गरेका उक्त सय ८० जना परीक्षार्थीहरूमध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्तांकलाई रिराइट, ओभरराइटसमेत गरी सच्याएको, वर्ग A, B, E, G / K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रिराइट, ओभरराइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना परीक्षामा अनुत्तीर्ण भएका सय २१ जना गरी जम्मा सय ८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको उक्त सय ८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैंले स्वीकृत गर्ने कामसमेत गरेको आयोगले जनाएको