कैलालीको टीकापुर नगरपालिकाबाट ३ ग्राम ७०० मिलिग्राम खैरो हिराइन, छ लाख नगद र डिजिटल तराजु सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर १ व्यवसाय क्षेत्रका शंकर भन्ने छत्र साउँद र वडा नम्बर ६ नारायणपुरका बर्ष २६ का मुकेश रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको ।
लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले छत्र साउँदको घर खानतलासी गर्दा दाउराको थुप्रोमा लुकाइराखेको अवस्थामा खैरो हिरोइन, नगद र तराजु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।