धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

धनगढीको आव २०८०।२०८१ को बजेट १ अर्ब ९३ करोड

धनगढीको आव २०८०।२०८१ को बजेट १ अर्ब ९३ करोड

धनगढी : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।२०८१ लगि एक अर्ब ९३ करोड लाख २४ हजार दुई सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेको उपमहानगरपालिकाको दशौं नगर सभाको दोश्रो बैठकमा आइतबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुखकन्दकला रानाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन्

बजेट मध्य चालु तर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरी कुल एक अर्ब ९३ करोड लाख २४ हजार दुई सय १८ रुपैयाँ रहेको उपप्रमुख रानाले बताइन्

उपहानगरपालिकाले आन्तरिक तर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ करोड ३२ लाख १२ हजार दायित्व सरी आएको १२ करोड ५० लाख बजेटलाई आयतर्फ विनियोजन गरेको

त्यस्तै क्षेत्रगत कार्यक्रम अन्र्तगत आर्थिक विकासतर्फ करोड ६५ लाख ९३ हजार सय १७, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख हजार दुई सय २२, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार एक सय ९४, सुशासनतर्फ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार सय २६ विनियोजन गरेको