धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

भीमदत्तका पूर्वमेयर सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भीमदत्तका पूर्वमेयर सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पुर्व मेयर सुरेन्द्र विष्ट दुई जना तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको

नदीजन्य पदार्थको ठेक्कामा नियमित विपरित निर्माण कम्पनिलाई छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले भीमदत्तका पुर्व मेयर सहित १२ जनाका नाममा विशेष अदालतमा मुद्धा दायर गरेको हो

अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूबीच आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो