धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

सडक क्षेत्रमा पर्ने घर स्वस्र्फत भत्काउने घर धनगढीलाई उप महानगरले गर्यो सम्मान

सडक क्षेत्रमा पर्ने घर स्वस्र्फत भत्काउने घर धनगढीलाई उप महानगरले गर्यो सम्मान

धनगढी धनगढी उप महानगरपालिकाले कैलाली पुल देखि क्याम्पसरोड सम्मको सडक चौडा पार्ने कार्यमा सहयोग गर्ने घर धनिलाई सम्मान गरेको

सडक चौडा पार्दा सडकको क्षत्राधिकार भित्र पर्ने घर स्वस्फर्त भत्काएर सहयोग गर्ने सय २८ जना घर धनिलाई उप महानगरपालिकाले मंगलबार सम्मान गरेको हो ती घर धनिलाई सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले सम्मान गरेका हुन्

उप महानगरको सडक चौडा पर्नेकाममा दृढतापुर्वक साथ दिंदै सडकको क्षेत्र भित्र पर्ने घर स्वस्फुर्त भत्काएर यहाँका घर धनिले उदाहरणिय काम गरेका छन्, धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले भने, ‘उहाँहरुलाई हामीले सम्मान गरेका छौं, यसले अन्य नागरिकलाई पनि सामाजिक क्षेत्रमा काम गर्ने हौसला मिल्ने

साथै मंगलबारनै कैलाली पुलक्याम्पसरोड सम्मको सडक निर्माणको सिलान्यास समेत गरिएको सडक सिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, उद्योय, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, धनगढीका मेयर गोपाल हमाल, उप मेयर कन्दकला राना लगायतको सहभागिता रहेको थियो