धनगढी पोष्ट
मङ्गलबार, १२ असार २०८० मा प्रकाशित
धनगढी । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो ।
भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो । ‘हामीले पक्राउ गरेर ल्याएका छौं,’ प्रहरीले भनेको छ, ‘समय आएपछि यसको विस्तृत सार्वजनिक गर्छौं ।’
जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा फरार रहेका शर्मा पक्राउ परेका हुन् । शिव शिखर सहकारीमा एक लाख भन्दा बढी शेयर सदस्य पीडित रहेको अनुमान गरिएको छ ।