धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

धनगढी मेनरोडमा व्यवस्थित  शहरी सडक निर्माण शुरु

धनगढी उपमहागरपालिकाको मेयरमा गोपाल हमाल निर्वाचित भएपछि धनगढी उपमहानगरपालिका र सुदुरपश्चिम प्रदेश सरकारबीच बनेको राम्रो समन्वयमा धनगढीमा व्यवस्थित शहरी सडक बन्न लागेको हो ।

धनगढी मेनरोडमा व्यवस्थित  शहरी सडक निर्माण शुरु

धनगढी सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीको मेनरोड स्थित कैलाली पुलदेखि क्याम्पसरोडमा रहेको हुलाकी सडकको जिरो प्वाइन्टसम्म सुविधा सम्पन्न शहरी सडकको निर्माण कार्य शुरु भएको किलोमीटर शय ८४ मीटर  क्षेत्रमा बन्न लागेको सडक तीस मीटर फराकिलो हुनेछ

धनगढी उपमहागरपालिकाको मेयरमा गोपाल हमाल निर्वाचित भएपछि धनगढी उपमहानगरपालिका सुदुरपश्चिम प्रदेश सरकारबीच बनेको राम्रो समन्वयमा धनगढीमा व्यवस्थित शहरी सडक बन्न लागेको हो । धनगढी उपमहानगरपालिकाले सडक क्षेत्र खाली गराएपछि प्रदेश सरकारले सडक निर्माणको रकम छुट्याएको हो   

सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले मंगलबार सिलान्यास गरेसँगै सडकको निर्माण कार्य शुरु भएको धनगढी उपमहानगगरपालिकाले सडक क्षेत्र खाली गराएपछि भौतिक  पुर्वाधार मन्त्रालयले सडकको निर्माण गरिरहेको

शहरीकरण बढ्दै गएकोले शहरमा आवश्यक पर्ने सबै सुविधा राखेर डक निर्माण  गर्न लागिएको भौतिक पुर्वाधार बिकास मन्त्रालयका प्रदेश सचिव प्रेमदत्त भट्टले बताए धनगढी शहरको रुपमा बिकास भैरहेको त्यसैले व्यवस्थित शहरको सडकका लागि आवश्यक फुटपाथ, साइकल लेन सहितका सबै खालका सुविधा समेटेर सडक निर्माण गरिन लागेको भट्टले भने  पानीको पाइप बिछ्याउनबिजुली टेलिफोनको तार भुमिगत राख्न मिल्ने गरि  सडक बनाउन लागेका छौं

सडक चार लेनको हुनेछन्   चार लेन सडकको बीचमा मीटर लाइट सहितको मेरिडियम रहने प्राविधिक कार्यालयका दुर्गा अवस्थीले बताए   अवस्थीका अनुसार चार लेनको दुवैतिर साढे दुई मीटरको साइकल लेन, दुवैतिर दशमलब मीटरको फुटपाथ रहने सडकको दुवैतिरको छेउमा बिजुलीका पोलखानेपानीका पाइप अन्डरग्राउण्ड बिस्तार गर्न साढे एक÷साढे एक मीटरमा युटिलिटी कोरिडोर बनाइनेछ

के एस कन्स्ट्रक्सन प्रा. लि. ले ५१ करोड ६८ लाख ७८ हजारमा निर्माण शुरु गरेको उक्त सडक २०८२  बैशाख २६ गते सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको तोकिएको समयभन्दा अगाडि नै स्तरीय सडक निर्माण गर्ने निर्माण कम्पनीका सञ्चालक इन्जिनियर भीम पालले बताए पनि यहाँको स्थानीय नै हो अहिले निर्माण व्यवसायीले समयमा काम सक्दैनन् भन्ने सर्वसाधारणको बुझाई आक्रोश पनि उनले भने, धनगढीको मुख्य सडक तोकिएको समय अगावै गुणस्तरीय निर्माण गरेर देखाउने प्रतिवद्धता गर्दछु

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले घरधनीहरूले नीजि संरचना हटाएर प्रदेश सरकारले धनगढी उपमहानगरले राखेको सडक निर्माणको प्रस्ताव स्वीकार गरेर धनगढीलाई समुन्नत शहर बनाउने उपमहानगरपालिकाको लक्ष्यमा सहयोग गरेको बताए

धनगढीको विकास हुन्छ भन्ने मनसायले सय २८ घरहरू भत्काएर नगरवासीले सहयोग गर्नुभएको उनले भने, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाश रावल ज्यूप्रति पनि आभार व्यक्त गर्न चाहान्छु प्रदेश सरकारले उपमहानगरको प्रस्ताव स्वीकार गर्यो स्थानीयले संरचान हटाएर सहयोग गर्नाले सडक निर्माण सम्भव भएको हो

धनगढीको मुख्य सडकसँगै अन्य रणनीतिक रुपले महत्वपूर्ण ठानिएका सडकको काम पनि आगामी आर्थिक वर्षबाट अगाडि बढ्ने भएको मुख्य सडकलाई आधुनिक नमुना बनाउन बजेटको कमि हुन नदिने प्रदेश सरकारले जनाएको धनगढीलाई आधुनिक सहर बनाउन मुख्य सडकसँगै नगर क्षेत्रका अन्य सडकमा पनि पर्याप्त बजेटको व्यवस्था गरिएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताए

कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म नमुना सडक निर्माण हुन्छ सडकको काम पनि समयमै सकिनेछ उनले भने, यो सडक निर्माणमा स्रोतको अभाव हुन दिइने छैन धनगढीका पुराना रणनीतिक महत्वका सडकमा पनि यो पटक प्रदेश सरकारले बजेट हालेको

आफ्ना भवनहरु  हटाएर  सडक निर्माणमा सहयोग गरेको भन्दै धनगढी उपमहमानगरपालिकाले शय २८ जनालाई मंगलबार नै सम्मानित गरेको धनगढी उपमहानगरपालिकाले २०७९ मंसिरमा सडक छेउका संरचना हटाउन शुरु गरेको थियो

धनगढी उपमहानगरपालिकाले भने एक वर्षभित्र सडक निर्माणको काम सम्पन्न गरिए निर्माण व्यवसायी, प्रदेश सरकारका मन्त्री निर्माणको नियमन गर्ने अधिकारीहरूलाई रथारोहरणसहित नागरिक अभिनन्दन गर्ने घोषणा गरेको