धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिमका कांग्रेस सांसदले बजेटका असन्तुष्टि पोख्दै  देउवालाई भने–यथा स्थितिमा समर्थन गर्न सक्दैनौं

सुदूरपश्चिमका कांग्रेस सांसदले बजेटका असन्तुष्टि पोख्दै  देउवालाई भने–यथा स्थितिमा समर्थन गर्न सक्दैनौं

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन्

धनगढीबाट डेलिकेशनसहित काठमाडौँ पुगेका कांग्रेसका जना प्रदेश सभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दै यथास्थितिमा सरकारले ल्याएको बजेटमाथि समर्थन गर्न नसकिने बताएका हुन्

उनीहरुले सरकारले प्रदेश सांसदहरुको भावनाविपरीत ल्याएको बजेट संशोधन गर्नुपर्ने, तल्लो तहबाट सिफारिस भएर आएका योजना समेटिनुपर्ने बताउँदै यथास्थितिमा समर्थन गर्न नसकिने कुरा राखिएको एक सांसदले जानकारी दिए

यो सरकारले ल्याएको असन्तुलित बजेट हामीलाई स्वीकार्य छैन संशोधन गर्नुपर्छ भनेर सभापतिज्यूसँग कुरा राख्यौँ, भेटमा सहभागी एक सांसदले भने, ‘बजेट संशोधन नगरेमा समर्थन गर्न सक्दैनौँ बरु कारवाही भोग्न तयार छौं भनेर फर्केका छौँ

ती सांसदको भनाइमा सभापति देउवाले भेटमा सहभागी जनाकै कुरा धैर्यतापूर्वक सुनेका थिए भने जवाफमा पूरक बजेट ल्याएर गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् सभापतिज्यूले बजेट सन्तुलित नआएको कुरामा सहमत छु अब पूरक बजेट ल्याएर यसलाई सच्याउँछौँ भन्नुभयो, देउवाको भनाइ उदृत गर्दै सांसदले भने

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गत असारमा प्रदेश सभा बैठक अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए शाहीले प्रस्तुत गरेको बजेट सन्तुलित नरहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले विरोध जनाउँदै संशोधनको माग गरेपछि अहिलेसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन भेटमा कांग्रेसका प्रदेशसभा सदस्य बहादुर सिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, प्रकाश बम, मानबहादुर रावल शिवराज भट्ट सहभागी थिए