धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

पहिरोले विद्यालय भवनमा क्षति

पहिरोले विद्यालय भवनमा क्षति

धनगढी वर्षाका कारण आएको पहिरोमा परी बैतडीको पाटन नगरपालिका मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको विद्यालयको खेलमैदान पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए

वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको भाटले बताए विद्यालय भवनको आँगनबाटै पहिरो गएको , उनले भने, ‘भवन उच्च जोखिममा रहेकाले भत्किन सक्ने आँकलन गरेर पठन पाठन प्रभावित हुने गरेको

विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको उनको भनाइ पहिरोको जोखिममा रहेको भवनमा राखेर पठन पाठन गराउनु पर्ने बाध्यता रहेको , उनले भने, ‘विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्, विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द गर्न पनि सकेका छैनौं