धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

गेटा स्वास्थ्य विश्वविद्यालय बनाउन दवाद स्वरुप धान रोपियो

गेटा स्वास्थ्य विश्वविद्यालय बनाउन दवाद स्वरुप धान रोपियो

अत्तरिया धान दिवसको अवसर पारेर शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडी धान रोपेको हो

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी सय शैय्याको अस्पताल संचालन गर्न सरकारलाई दवाव दिन सांकेतिक विरोध स्वरुप विश्वविद्यालयको गेट अगाडी धान रोप्न रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताएका छन

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर सय शैय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको