धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सामी परियोजनाको बार्षिक समीक्षा गोष्ठी सम्पन्न

सामी परियोजनाको बार्षिक समीक्षा गोष्ठी सम्पन्न

धनगढी सुरक्षित आप्रवासन (सामि) परियोजनाको बार्षिक समिक्षा गोष्ठी कार्यक्रम धनगढीमा सम्पन्न भएको

सामीले सुरक्षित आप्रवासन सम्बन्धी काम गर्ने वैदेशक रोजगारीमा गएर विचल्लीमा परेका नेपालीलाई नेपाल ल्याई उनिहरुलाई पुनस्र्थापना गराउने काम गर्दै आएको

परियोजनाको बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै परियोजनाका कार्यक्रम संयोजक दिपक बोहराले चालु आर्थिक बर्षको जेठ सम्म वैदेशिक रोजगारी जाँदा समस्यामा परेका युवकलाई ७४ लाख ७३ हजार बराबरको आर्थिक सहयोग गरेको बताए

त्यसैगरी वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका युवका छोराछोरीलाई पठक पाठनमा सहयोग गर्ने नीति अनुसार जेठ सम्म तीन लाख ६० हजार रुपैंया बराबरको छात्रवृति वितरण गरिएको उनले बताए विदेशमा ज्यान गुमाएका युवकका छोराछोरीलाई प्रार्थमिक तह सम्म १२ हजार माविमा तह सम्म पढनका लागि १६ हजार उपलब्ध गराउने गरेको उनले बताए

कैलालीमा चार पालिका (धनगढी, घोडाघोडी, टिकापुर जानकी गाउँपालिकामा) कार्यरत सामी परियोजनाले चालु आर्थिक बर्षमा धनगढीकी रविना चौधरी गौरिगंगा का घनश्याम साप्कोटाको विदेशमा अलपत्र परेको अवस्थामा उद्धार गरी नेपाल फर्काएको

कार्यक्रम संयोजक बोहराका अनुसार परियोजनालाई स्थानीय तहले स्वामित्वमा लगेपछि काम गर्न सजिलो भएको परियोजनाको सहकार्यमा चारवटै पालिकामा वैदेशिक रोजगारीमा जाने युवाको तथ्याङ्क राख्ने काम भइरहेको उनले बताए त्यसैगरी स्थानीय तहबाटै श्रम स्वीकृत पुनः श्रम स्वीकृति लग्न सकिने व्यवस्था गर्न थालिएको सोको ९५ प्रतिशत तयारी पुरा भएको उनले बताए

बार्षिक समिक्षा कार्यक्रममा धनगढी उप महानगरपालिकाकी उप मेयर कन्दकला रानाले आगामी दिनमा थप प्रभावकारी भयर काम गर्न सामी परियोजनालाई आग्रह गरिन् उनले वैदेशिक रोजगार सम्बन्धी कार्यरत संस्था भएका कारण सामीको कामलाई प्रभावकारी बनाउन स्थानीय पालिकाले पनि ध्यान दिनुपर्ने बताइन्

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले बैदेशिक रोजगारी रहर नभई बाध्यता भएको बताए देशमा व्याप्त गरिबिका कारण युवाहरु वैदेशिक रोजगारीमा जानेगरेको बताउँदै मेयर रावतले भने, ‘यदी देशको गरिबि हटाउन सकिएमा विदेशिने युवाको संख्या कम हुन सक्छ, त्यसका लागि स्थानीय तहले गाउँगाउँमा कार्यक्रम लैजानु आवश्यक

उनले धेरै युवा अवैधानिक तरिकाले विदेश जानेगरेको प्रति लक्षित गर्दै भने, ‘सवै युवालाई वैधानिक तरिकाले विदेशमा रोजगारीका लागि जान सुझाव

घोडाघोडी नगरपालिकाकी उप मेयर गुलिया कुमारी चौधरीले पालिका संग समन्वय गरेर सामिले कम गरेपछि नगरवासिले वैदेशिक रोजगार सम्बन्धि जानकारी पाउन थालेको बताइन् उनले विदेशबाट पठायको पैसा सुरक्षित राख्ने उत्पादन क्षेत्रमा लगानी लगाउन तर्फ प्रेरित गर्नु पर्नेमा जोड दिइन्

टिकापुर नगर पालिकाका उप प्रमुख खड्क बहादुर शाहले वैदेशिक रोजगारीमा गएका युवाको स्थानीय तहमा तथ्याङ्क माग्दा नपाइने गरेको बताए तथ्याङ्क नहुँदा आफ्नो पालिकाका कति युवा विदेश गएका छन्, रोजगारीबाट फर्केपछि कसरी समेट्ने भन्ने समस्या भएको बताए उनले वैदेशिक रोजगारीमा गएर फर्केका लाई के गर्ने भनेर योजना माग गर्दा ती युवाबाट योजनानै नआउने गरेको बताए पछिल्लो समय पुरुषले विदेशबाट कमाएर पठाएको सम्पति महिलाले दुरुपयोग गर्ने गरेको भन्दै उनले त्यसलाई रोक्नका लागि पनि सामी परियोजनाले योजना बनाउनु आवश्यक रहेको बताए

टिकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मंगल बहादुर शाहीले परियोजनामा कार्यरत कर्मचारीको क्षमता वृदि गरिनु पर्नेमा जोड दिए समुदायमा कर्मचारीनै खटिनु पर्ने भएका कारण उनिहरुलाई निर्धक्क भएर काम गर्ने वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताए

प्रमुख प्रशासकिय अधिकृत शाहीले वैदेशिक रोजगारीमा गएर आर्जन गरेको पैसाको कसरी सही सदुपयोग गर्नु भन्ने बारेमा नागरिकलाई अभिमुखिकरण गर्नु अपरिहार्य रहेको बताए त्यसका साथै विदेशबाट कमाएको पैसालाई उत्पादन क्षेत्रमा लगाउन रोजगारीमा गएका युवका परिवारलाई अभिप्रेरित गर्नु आवश्यक रहेको उनले बताए

घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र सिंहले विदेश जानु फेसन जस्तै भइसकेको बताए विदेश युवाको पहिलो रोजाई भइसकेको , शाखा प्रमुख सिंहले भने, ‘तर ती युवकलाई कसरी सुरक्षित रुपमा जाने व्यवस्था मिलाउने भन्ने तर्फ सामी स्थानीय तहले ध्यान दिनु जरुरी

उनले सवै स्थानीय तहमा वैदेशिक रोजगारीमा गएका युवकको तथ्याङ्क राख्नुपर्ने बताए युवा दुःख गरेर विदेशमा पैसा कमाउने स्वदेश फर्किदा शुन्य हुनुपर्ने समस्या पछिल्लो समय बढ्न थालेको भन्दै उनले भने, ‘विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेश फर्कदा सुरक्षित कसरी राख्न सकिन्छ भन्ने बारेमा गहन छलफल हुन जरुरी , नत्र स्वदेशमा आउदा आफुसंग एक रुपैंया नभएको देखेपछि युवाहरु मानसिक रोगि हुने आत्महत्या गर्ने क्रम बढ्न सक्दछ

धनगढी उप महानगरपालिकाकी उप मेयर कन्दकला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सामी परियोजनाका सामाजिक परिचालन अधिकृत विष्णु प्रसाद चौधरीले गरेका थिए