धनगढी पोष्ट
शनिबार, १६ असार २०८० मा प्रकाशित
धनगढी । कैलाली र कञ्चनपुरबाट लागु औषध सहति ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कैलालीबाट दुई जना र कञ्चनपुरबाट ५ जना गरी ७ जनालाई लागु औषध सहति पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट लागुऔषधसहित सोही ठाँउका २६ वर्षीय बिकाश चन्दसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार उनीहरुको साथबाट खैरोहेरोईन ७.७३ ग्राम, चरेश ८.७० ग्राम, मोबाईल थान ४ र नगद २० हजार ८ सय बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले ३ दशमलव १७ ग्राम लागुऔषध सहित कञ्चनपुर झलारीका भरत सिंह र नरेन्द्र ठगुन्नालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथमा रहेको सु.प.प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै धनगढीबाट पनि प्रहरीले दुई जनालाई लागु औषध सहति पक्रउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी पक्राउ परेका हुन् । धनगढी ३ त्रिनगर व्यारेलमा प्रहरी चौकी त्रीनगरबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई शुक्रबार दिउँसो ४ः ४५ बजे पक्राउ गरेको हो ।
योगीले चलाएको सु=प=प्र=०१००८ प११०९ नम्बरका मोटरसाइकल संकालागि चेकजाँच गर्दा मोटरसाइकलको भाईजरमा २ ग्राम ५०० मिलि ग्राम लागुऔषध लुकाई राखेको अबस्थामा फेला पारी उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकलसहित दुबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानका गरिरहेको जनाएको छ ।