धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

धनगढी बाघको छाला हड्डी सहित तीन जना पक्राउ परेका छन् बाँकेको कोहलपुर नगरपालिका ११ बाट बाघको छाला हड्डीसहित पक्राउ परेका तीन जनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको

पक्राउ पर्नेमा अछामको पञ्चदेवल गाउँपालिका का टोपेन्द्र शाही,दैलेखको ठाटीकानडा गाउँपालिका घर भएका सुनील चुनारा सोही जिल्ला भगवती गाउँपालिका का नवीनकुमार कसेर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए

उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा बिहीबार जाँच गर्ने क्रममा पक्राउ गरेको थियो नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको