धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

दार्चुलामा चितुवा मृत भेटियो

दार्चुलामा चितुवा मृत भेटियो

धनगढी । दार्चुलामा चितुवा मृत भेटिएको छ । प्रहरीका अनुसार दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो । आइतबार बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चितुवाको मृत्युबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ । डिभिजन वन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।