धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

अपाङ्गता भएकाहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह

अपाङ्गता भएकाहरूको समस्याप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपाङ्गता भएका ब्यक्तिहरूका समस्या प्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्

अपाङ्गता भएका व्यक्तिका समस्या आफुले बुझेको मुख्यमन्त्री कार्यालय  अगाडी  धर्नामा बसेका अपाङ्ग महासंघको टोलीलाई सम्वोधनका बताउदै  मुख्यमन्त्री शाहले समस्या समाधानका लागि छलफलमा आउन आग्रह समेत गरेका छन् सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट ल्याउँदा अपाङ्गता भएका व्यक्तिलाई नसमेटिएको भन्दै राष्टिय अपाङ्ग महमसंघ असार १२ गते देखि आन्दोलनमा थियो

सोमबार आन्दोलन भएकै स्थानमा पुगेर मुख्यमन्त्री शाहले अपाङ्गता भएका व्यक्तिका समस्या सवैका साझा समस्या भएको हुँदा समस्या समाधानका लागि आफ्नो प्रतिबद्धता जनाएका थिए मुख्यमन्त्री शाहले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका लागि मन्त्री परिषदमा छलफल गर्ने प्रतिबद्धता समेत जनाएका छन्

माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्छु, अपाङ्गता भएका व्यक्तिहरूसँग मुख्यमन्त्री शाहले भने, ‘तपाईंहरूको पीडा मेरो पीडा पनि हो, तपाईंहरूमध्ये केही साथीहरू कार्यालयमा आएर बसेर छलफल गरौँ, यसको समाधान निस्कन्छ, मैले सरकारको तर्फबाट गर्नुपर्ने सबै कुरा गर्छु, केही कमीकमजोरी छन् भने पनि सच्याएर अगाडि बढौं

मुख्य मन्त्री शाहले छलफलका माध्यमबाट समस्याको समाधान गर्न सकिने भन्दै आन्दोलनलाई नलम्ब्याउन समेत आग्रह गरेका छन् अपाङ्गता भएका ब्यक्तिले प्रदेश सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम बजेटमा अपाङ्गता भएका नागरिकलाई समावेश गर्नुपर्ने माग राखेका थिए संबिधानमा अपाङ्गता भएकाहरूको शिक्षा, स्वास्थ्य रोजगारसँग जोडिएका माग रहेका छन्

 

वार्ता टोली गठन

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न बुदे माग राख्दै आन्दोलन गरिरहेका अपाङ्गता भएका व्यक्तिलाई वार्ताका लागि बोलाएको प्रदेश सरकारले मंगलबार दिउँसो बजेका लागि बस्ने गरी वार्तामा आउन आग्रह गरेको अपाङ्गता अधिकार प्रवर्द्धन सङ्घर्ष समितिका संयोजक भीम बहादुर शाहले बताए

प्रदेश सरकारले वार्तामा आउन आग्रह गरेपछि ११ सदस्यीय वार्ता टोली गठन गरिएको संयोजक शाहले बताए हामीले प्रदेश सरकारसंग वार्ता गर्न ११ सदस्यीय टोली गठन गरेका छौं, संयोजक शाहले भने, ‘प्रदेश सरकारका तर्फबाट पनि मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्री भौतिक मन्त्री तथा तीन वटै मन्त्रालयका सचिव आउने प्रतिबद्धता आएको उनले माग पुरा भए मंगलबारदेखि आन्दोलन स्थगित गरिने बताए