धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

प्रेस युनियन कैलाली अध्यक्षमा ओझा निर्विरोध निर्वाचित

प्रेस युनियन कैलाली अध्यक्षमा ओझा निर्विरोध निर्वाचित

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सिताराम ओझा निर्विरोध निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन जिल्ला कार्य समिती कैलाली साखाको छैठौँ जिल्ला अधिबेशनबाट आज सर्बसम्वत रुपमा ओझा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै निर्विरोध निर्वाचित जिल्ला कार्य समिती कैलाली साखाको उपाध्यक्षमा खुला तर्फ सुनिल आउजी, उपाध्यक्ष महिला तर्फ अनिता चौधरी निर्वाचित भएका हुन् । यस्तै सचिबमा शंकर बोहरा सर्बसम्वत रुपमा निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षमा गगन अयडी, सह सचिबमा रमा चन्द भएका छन् ।

यस्तै खुला सदस्यहरुमा शेर बहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदम राज भट्ट, पुस्कर पौडेल, केशव सिंह धामी रहेका छन् । यस्तै महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावंद, भगवती सुनार छन् । यस्तै आदीवासी जनजाती सदस्यमा जिवन चौधरी, मधेसी सदस्यमा सौरभ राना, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक विवेक नागरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ओम प्रकाश जोशीले जानकारी दिएका छन ।