धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीलाई नातीको पुस्ता सम्मको शहर बनाउने योजना छ : मेयर हमाल

धनगढीलाई नातीको पुस्ता सम्मको शहर बनाउने योजना छ : मेयर हमाल

धनगढी धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले नगरको दिर्घकालिन व्यवस्थापन सहति काम गरिरहेको बताएका छन्

विकासका काम गर्दा कम्सेकम नातीको पुस्ता सम्म टिक्ने गरी योजना बनाइरहेका भन्दै उनले आफ्नो योजनामा सवैको सहयोग चाहिएको बताए कैलाली पुलक्याम्पसरोड सडक बनाउँदा पार्किङको पनि व्यवस्थापन गर्ने गरी काम गर्दै छौं, मेयर हमालले भने, ‘त्यसका लागि सडक क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई कम्तिमा पनि २१ मिटर क्षेत्र खालि गर्न भनेका छौं, त्यसले दिर्घकालिन रुपमा यहाँको पार्किङको समस्या समाधान गर्नेछ

अन्य विकासका माग गर्दा पनि उप महानगरले कम्तिमा पनि नातीको पाला सम्म टिक्ने व्यवस्थापन हुन सक्ने गरी योजना बनाएर अघि बढी रहेको बताए उनलेहामी बनाउँछौं, हाम्रो धनगढी अभियानका लागि सवै नागरिक, पत्रकार तथा राजनीतिक दलको सहयोग आवश्यक पर्ने बताए मेरो व्यक्तिगत स्वार्थका लागि कुनै पनि काम गर्दैन, हमालले भने, ‘जति गर्छु नगरको बिकास सम्वृद्धिका लागि गर्नेछु उनले व्यक्तिगत स्वार्थका लागि काम गरेको भेटिएमा जस्तो सुकै कारवाही भोग्न तयार रहेको समेत बताए

धनगढीको बढ्दो शहरिकरण तिब्र जनसंख्या वृद्धि संगै जमिनमा पानीको सतह घट्न थालेको बताउँदै मेयर हमालले त्यसका लागि धनगढीले जमिन रिचार्ज गर्ने नीति लगेको बताए जमिन भित्रको पानी बचाउन खुटियाको पानी धनगढीमा ल्याउने गरी अध्ययन भइरहेको उनले बताए त्यसबाहेक हाटखोलीबाट पनि गोदावरी धनगढीमा खानेपानी ल्याउने गरी अध्ययन भइरहेको , मेयर हमालले भने, ‘यदी त्यासे गर्न सकियो भने धनगढीमा लामो समय मानिस बस्न सक्ने वातावरण हुने , पानीनै नरहे यहाँ कसरी बस्ने <