धनगढी पोष्ट बिहिबार, २९ जेठ २०८२   June 12, 2025

मेडिकल विश्वविद्यालयको माग गर्दै गेटामा वैदिक होम

मेडिकल विश्वविद्यालयको माग गर्दै गेटामा वैदिक होम

धनगढी सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडी वैदिक मन्त्रसहित होम यज्ञको आयोजना गरिएको सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत आज बिहान होम गरेको हो

संघर्ष समितिका संयोजक लोक राज पाण्डे -(आगो_ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन वैदिक मन्त्रसहित होम गरिएको बताए पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिएको बताए

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो