धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

विपदमा खट्न धनगढीका नगर प्रहरी तयार

विपदमा खट्न धनगढीका नगर प्रहरी तयार

धनगढी स्थानीय तह मध्य धनगढी उपमहानगरपालिकाले  देशभरमै पहिलो पटक नगर प्रहरीलाई विपद उद्धारमा खटिन सक्ने गरी तालिम दिन थालेको

धनगढी उप महानगरपालिकाले नगरमा हुने विपदका वेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आफ्नै नगर प्रहरीलाई तयार गर्न थालेको हो ।

नागरिकको सुरक्षालाई मध्यनजर गरेर नगर प्रहरीलाई विपदका वेला उद्धार कार्यमा खटिन सक्ने बनाउन धनगढीले विभिन्न तालिम प्रदान गरिरहेको

धनगढी उप महानगरपालिकाका विपद शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार बर्षायाममा बाढी डुवानबाट हुने विपदको समयमा नागरिकको सुरक्षागर्न नगर प्रहरीलाई गोताखोर तालिम प्रदान गरिएको

सशस्त्र प्रहरी बलको गोताखोर टोलीसंग समन्वय गरेर नगर प्रहरीलाई बाढी तथा डुवानमा कसरी नागरिकको उद्दार गर्ने भन्ने बारेमा तालिम प्रादन गरिएको भण्डारीले बताए बर्षायाम सुरु भएपछि नगरका धेरै वस्ती डुवानको जोखिममा पर्ने गर्दछन्, भण्डारीले भने, ‘डुवान क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा कसरी सार्ने भन्ने विषयमा सशस्त्रको गोताखोर टोलीसंग समन्वय गरी नगर प्रहरीरुलाई पौडि खेल्न सिकाउनका साथै बाढीमा फसेका नागरिकको उद्धार कसरी गर्ने भन्ने बारेमा सिकाइएको उनका अनुसार धनगढी१७, १९, , नम्बर वडा सम्भावित बडुवान हुने क्षेत्रमा पर्ने गरेका छन् धनगढी उप महानगरपालिका संग २५ जना नगर प्रहरी रहेका छन्

धनगढी उप महानगरले विपद उद्धारका लागि आवश्यक पर्ने सवै सामग्रीको व्यवस्था गरेको , विपद शाखा प्रमुख भण्डारीले भने, ‘सुरक्षामा खटिने प्रहरीका नागि लाईफ ज्याकेट, डुङ्गा लगायत सामग्री तयारी अवस्थामा राखेका छौं

तालिम पछि विपदकावेला काम गर्न सजिलो हुने धनगढी नगर प्रहरी प्रमुख कृष्णबहादु मल्ले बताए हामी अवकास प्राप्त भएर आएका जनशक्ति हौं, मल्लले भने, ‘पहिला पनि विपद उद्धार सम्बन्धी तालिम लगिसकेका भएपनि अवकास पछि धेरैले तालिम विर्शेका थिए, अहिले पुनःसिकाई भएको , हामी उद्धारमा खट्न सक्ने भएका छौं नगर प्रहरी २४औं घण्टा उद्दारका लागि तयारी अवस्थामा रहने उनले बताए