धनगढी पोष्ट
शुक्रबार, २२ असार २०८० मा प्रकाशित
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का एक युवकमा डेङ्गु फेला परेको । वडा नम्बर–९ गौरीकटानका १४ बर्षीय युवकमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।
धामीका अनुसार बिरामी भएर बिहीवार अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । उनको अहिले उपचार भइरहेको छ ।
अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेको हो स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।
लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ ।