धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

टीकापुरमा युवकमाथि खुकुरी प्रहार

टीकापुरमा युवकमाथि खुकुरी प्रहार

धनगढी । टीकापुरमा दुई युवकमाथि खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताए । उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो।शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ । डिएसपी अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएका थिए ।

उनले हिजो चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको बताएका थिए।यस्तै उनीहरुको खोजीमा प्रहरी खटाएको पनि उनले बताएका थिए । तर पीडित प्रकाश खड्काले भने जयन्द्र शाहको समूहले आक्रमण गरेको जनाएका छन् । यतिमात्र होइन, उनले डिएसपी र टीकापुरका इन्सपेक्टरकै संरक्षणमा अपराध भैरहेको र भएको आरोप लगाउदै प्रहरी मासुभातमा बिकेको पनि आरोप लगाएका छन् । आक्रमणपछि शाह समूह फरार छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए । थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।